Logo

कोटहीमाईमा स्वच्छता तथा महिनवारी सचेतनाबारे महिलाहरुलाई प्रशिक्षण

ujyalosandesh online १ भाद्र २०८०, शुक्रबार २३:२९ मा प्रकाशित

मर्चवार । बागेश्वरी असल शासन क्लब (बास) रुपन्देहीले महिलाहरुलाई स्वच्छता तथा महिनवारीबारे कोटहीमाई गाउँपालिकामा प्रशिक्षण गरेको छ । शुक्रबार कोटहीमाई गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी करीब ४ सय किशोरी तथा महिलाहरुलाई प्रशिक्षण गरेको हो ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण त्रिपाठीले महिला आफु स्वस्छ भए परिवार नै स्वस्थ्य रहने बताए । महिनवारीको समय महिलाले सावधानीपुर्वक सरसफाईमा ध्यान पु¥याउनु पर्ने उनले बताए । घरमा उचित शौचालय, घर वारीपरी सफाई, लत्ताकपडा सफा र असल खापनको पहिचान गरी ब्यवस्थापन गर्दा महिलाहरु सहित पुरा परिवारलाई स्वास्थ्य राख्न सक्ने अध्यक्ष त्रिपाठीले बताए ।
कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण गर्दै सिमरत कौरले महिनवारी के हो, महिनवारीको समय चक्र, यसको पहिचान कसरी गर्ने, महिनवारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, महिनवारीको समय हुने खतरा र स्वास्थ्यमा पार्ने असरको अवस्था, महिनवारीको बेला प्रयोग गर्ने प्याड र कपडाको गुणस्तरीयता लगायतका बारेमा प्रशिक्षण गरेकी थिइन् । यसैगरी महिलाहरुमा बढी देखिने रोगब्याधी, महिलाहरु हिंसामा पर्ने अवस्था र कारणहरु सहभागीहरुलाई जानकारी गराएकी थिइन् । प्रशिक्षक कौरले महिलाहरु स्वरोजगारी हुनु र शिक्षित हुन अति आवश्यक हरको बाइन् । महिला स्वस्थ भए पुरा परिवार स्वस्थ हुने तर्क दिदै महिला मनिवारीको समय रहँदा परिवारबाट शिष्ट ब्यवहार र सहयोग गर्नु पर्ने बताइन् । उनले भनिन ‘महिनवारी एक प्राकृतिक प्रकृया हो यसलाई हामीले चाहेर पनि रोक्न मिल्दैन यसबारे लाज नमानी आफ्नो परिवार र मन मिल्ने साथीसंग शेयर गर्नुपर्दछ । पिरियडको समयको अनुभुति भएपछि स्वच्छ र सफा प्याड आफुसंग लिएर हिडनु पर्दछ ।’ प्रशिक्षण कार्यक्रममा नितु अग्रहरीले प्राविधिक सहयोग गरेकी थिइन् ।
कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी, समाजसेवी गुरुवचन यादव, विशाल गुप्ता, समा कान्दु लगायतकाले मनतब्य राखेका थिए ।
कार्यक्रममा प्रो इजी सेनेटरी प्याडले सहभागीलाई प्याड, जेन डिटरजेन्टले साबुन, सिजी कम्पनीले वाईवाई चाउचाउ र रियो कम्पनीले जूस सहयोग गरेको थियो ।
बास रुपन्देहीका अध्यक्ष सिमरत कौरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सर्बेश लोहारले संचालन गरेका थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार