
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले सीमामा रहेको सम्बन्धलाई दृष्टिगत गर्दै कानूनको ब्यवहारिक पक्षमा जोड दिन माग गरेको छ ।
यस बिषयमा नेपाली कांग्रेस जिल्ला सभापति रुपन्देहीका सभापति रामकृष्ण खाँणले आईतबार एक विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीले सिमा क्षेत्रमा बसोवास गर्ने दुवै देशका नागरिकहरुको अर्मपर्म र सरसापटी समेत हुने सामाजिक परिवेश तथा रोटी बेटीको सम्वन्धलाई दृष्टिगत गर्दै कानुनको व्यवहारिक कार्यान्वयना जोड दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको शिलशिला गइ घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक बस्तु ल्याउदा समेत एक सय भन्दा बढिको माल बस्तु आयातको अर्थ लगाइ भन्सार कार्यालयले दुःख दिने गरेको कांग्रेस रुपन्देहीका जिकिर छ । “राजश्व बढाउने वाहानामा दुःख दिने र असुली गर्नु स्विकार्य हुदैन ।” खाँणद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
केही महिना यता देखि नेपाल भारत सिमामा रहेका बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानिय बजारको ब्यापारमा सुधार आएको छ । यो कार्य सराहनिय रहे पनि रोजगारीबाट फर्केकाहरुका हकमा ब्यहारिक पक्ष हेरिदिन कांग्रेसले अनुरोध गरेको हो ।