Logo

सिंह दरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

ujyalosandesh online १९ भाद्र २०८०, मंगलवार १८:०५ मा प्रकाशित

काठमान्डौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले आसन्न चीन भ्रमणका बारेमा प्रमुख प्रतिपक्ष दलका नेतालाई जानकारी गराएको आचार्यले बताए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाँदै छन् । त्यहीँबाट उनि  चीन भ्रमणमा जाने तयारी छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार