Logo

भैरहवाको “सांवरिया” सञ्चालनमा, ५ करोड लगानी

ujyalosandesh online २१ भाद्र २०८०, बिहीबार १४:५२ मा प्रकाशित

भैरहवा । भैरहवाको मुटु मानिने आवारोडमा ५ करोडको लगानीमा सांवरिया आईतबार देखि सञ्चाललनमा आउदै छ । मिठाईका पारखीका लागि नौलो एवम विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्य सहित सांवरिया सञ्चालनमा आउदै छ ।
एजी फुड प्रोडक्ट्स प्राली अन्र्तगतको सांवरियामा स्थानिय ब्यवसायीहरु अरुण अग्रवाल, कृष्ण प्रसाद शर्मा (सानु), आदर्श अग्रवाल एवम बुटवलका ब्यवसायी ज्ञानेन्द्र कार्की तथा काठमाण्डौंका गौरव दारुका लगानी रहेको छ ।
आर्कषक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरि सञ्चालनमा ल्याईएको सांवरियामा बिभिन्न प्रकारका उच्च गुणस्तर युक्त मिठाई, प्रभातकालीन नास्ता, दिउसोको खाजा उपलब्ध रहेको यसका सञ्चालक अरुण अग्रवालले जानकारी दिए । सांवरियामा दक्षिण भारती खाजा संगै चिनिया परिकार उपलब्ध रहने अग्रवालले जनाए ।
एकै पटक १ सय ३० जना सम्मलाई सेवा दिन मिल्ने सांवरियामा कार्यक्रमको लागि हल पनि उपलब्ध रहेको छ । यस्तै आगामी दिनमा परिवारीक एवम संघ संस्थाले आयोजना गर्ने भोज भतेरमा क्याटरिङ्गको समेत सुविधा प्रदान गरिने यसका अर्का सञ्चालक कृष्ण प्रसाद शर्माले जानकारी दिए । “एजी फुड प्रोडक्ट्स प्राली अन्र्तगतको सांवरिया भैरहवामा पहिलो प्रतिष्ठानको रुपमा खुलेको छ ।” उनले भने “अब यसलाई चेन बिजनेशको रुपमा नेपालका अन्य शहरमा पनि बिस्तार गर्दै लैजाने छौं ।”
उनले सांवरियामा रहेका सम्पूर्ण मिठाईका परिकारको शुद्धता एवम गुणस्तर तथा सरसफाईमा कुनै कमि हुन नदिने बताए । साथै यसमा पाईने परिकार उपभोक्ताले “होम डेलिभरि”को माध्यमबाट घरघरै पु¥याइने जनाए ।
सञ्चालनको सम्पूर्ण तयारी पुरा भईसकेको र यहि आईतबार, सोमबार र मंगलबार गरि ३ दिनको यसको उदघाटनको तयारी गरिएको छ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार