Logo

ओमसतियामा तीज गीत प्रतियोगिता सम्पन्न, रामजानकी मन्दिर समूह प्रथम

ujyalosandesh online २४ भाद्र २०८०, आईतवार १५:५४ मा प्रकाशित

भैरहवा । युथ क्लब अफ पडसरीको आयोजना तथा ओमसतिया गाउँपालिकाको समायोजनामा भएको तीज गीत प्रतियोगितामा राम जानकी मन्दिर समूह प्रथम भएको छ ।

ओमसतिया गाउँपालिका वडा नं २ को रामजानकी मन्दिरमा भएको कार्यक्रममा रामजानकी मन्दिर समूह प्रथम, पार्वती आमा समूह द्धितिय, दुर्गा मन्दिर आमा समूह तृतीय र लक्ष्मी नारायण समूह सान्तवना भएको थियो । प्रथम पुरस्कार १५ हजार , द्धितिय पुरस्कार १० हजार, तृतीय पुरस्कार ५ हजार र सान्तवना पुरस्कार २ हजार ५ सय नगद र प्रमाण पत्र सहितको पुरस्कार रहेको थियो ।

प्रतियोगितामा ओमसतिया गाउपालिका भित्रका ११ वटा समूहको सहभागीता रहेको थियो । प्रतियोगितामा सहभागी समूहहरुले नेपालको आर्थिक, राजनैतिक, र सामाजिक घटनाहरु बारे रचनात्मक प्रस्तुती गरेको थिए । प्रतियोगिताको उद्धघाटन सत्र बोल्दै कार्यक्रमका प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले समाजमा महिला हिंसा, बलात्कार जस्ता घटनाबाट अहिले पनि महिला पिडित हुनुपरेको बताउँदै उनले मौलिक संस्कृतिलाई जगेर्ना गनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका अध्यक्ष पडसरी युथ क्लबका अध्यक्ष गुमान सिंह घर्तीले प्रतियोगिताका माध्ययमबाट समाजका विकिृत विसङगतीलाई निर्मूल  गर्न कार्यक्रमको आयोजना गरीएको बताए । कार्यक्रममा ओमसतिया गाउँपालिकाका वडा नं १ का वडाअध्यक्ष बेलबहादुर बराल मगर,वडा नं २ का वडाअध्यक्ष सितल जिटी,गाउँपालिका प्रवक्ता मदन प्रसाद पोखरेल, क्लबका सदस्य र दर्शक लगायत गरी सयौको संख्यामा उपस्थिति रहेको थियो । निर्णायकको भूमिकामा आम जी सी, सिता भुसाल र दिपेन्द्र थापा रहेको कार्यक्रमको सन्चालक एलिना आचार्य रहेकी थिइन् ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार