Logo

जसपा छाडी यादव राप्रपामा

ujyalosandesh online २५ भाद्र २०८०, सोमबार २०:५१ मा प्रकाशित

भैरहवा । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मात्रिका प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । सोमबार भैरहवामा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रिय सभापति समेत रहि सकेका यादव कांग्रेसका अधिवेशनमा सोही पदका लागि उम्मेदवारी दिए पनि शुसिल गुरुङ्ग संग पराजित भएका थिए । त्यस यता असन्तुष्ट रहेका उनि सिद्धार्थनगरको मेयर उम्मेदवार बन्न टिकट नपाए पछि नेपाली काँग्रेस त्यागेर जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका थिए । २०७९ बैशाख ९ गते जसपा प्रवेश गरि नगर प्रमुखको निर्वाचन लडेका यादव त्यहा पनि पराजित भएका थिए ।
त्यसपछि जसपाले उनलाई केन्द्रिय सदस्य हुदै प्रदेश सभा सदस्यको लागि समानुपातिक तर्फ पनि बन्द सूचिमा नाम पठाएको थियो । अन्ततः उनले जसपा पनि छोड्दै राप्रपालाई रोजेका छन् । “जसपा नेपाल छोडनुको कारण के हो भने जसपामा मूल आधार भएन,” उनले भने “मैले कार्यकर्ता जोडदै गए, कार्यकर्ताहरु छोड्दै गए, अरु बिभिन्न कारण भएपनि मैले भन्दैन ।”
उनले राप्रपा भ्रष्ट्राचारी पार्टी नभएको र हिन्दु धर्मको मूल एजेण्डा भएको कारण पार्टीलाई रोजेको र यहि ईमान्दारी र अनुशासित भई राजनितिक जिवन बिताउने बताए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा धर्म जोगाउने अभियानमा लागेको कारण यसमा जोडिन सबैलाई आग्रह गरे । उनले अहिले नेपाल अर्थतन्त्रको दृष्टिले बेहार हुदै गएको बताए । “देशमा कर्मचारीलाई तलब खुवाउन सक्ने अवश्था छैन, तलब खुवाउन पनि ऋण लिनु पर्ने अवश्था छ,” उनले भने “तपाईहरुले नै मूल्याङ्कन गर्नुस देशको अर्थतन्त्र कहा पुगेछ ?”


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार