Logo

उध्योगी ब्यवसायीद्वारा प्रजिअको बिदा

ujyalosandesh online २६ भाद्र २०८०, मंगलवार १६:५३ मा प्रकाशित

भैरहवा । सिद्धार्थ उध्योग बाणिज्य संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाइ बिदाइ गरेको छ । मंगलबार संघमा फेरि भेटौला कार्यक्रमको आयोजना गरि पाण्डेको सुखद बसाइको कामना सहित बिदाइ गरेको हो ।
फेरि भेटौला कार्यक्रममा बोल्दै संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उध्योगी प्रजिअ पाण्डेको कार्यकालमा ब्यवसायीलाई दुख नभएको बताए । उनले यो अवधिमा उध्योगमैत्री प्रशासन मैत्री वातावरण पाइएको भन्दै भविष्यमा पनि यसले निरन्तरता पाउने आशा ब्यक्त गरे । “हामीले हामी प्रती हुने व्यवहार हेरेर कमैलाइ बिदाइ गर्ने गरेका छौ,” श्रेष्ठले भमे “यो अवधी सौहार्दपुर्ण तरिकाले सहकार्य भयो यसको लागि समग्र प्रशासनलाइ धन्यवाद छ ।”
उनले बेलहिया भन्सारमा भन्सार ऐन कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण महत्वपूर्ण भुमिका रहेको बताए ।
यस्तै उध्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रजिअ पाण्डेको कार्यकालमा जिल्ला प्रशासन घेर्ने समय नआएको टिप्पणी गरे । पाण्डेको कार्यकाल समग्रमा रुपन्देहीका उध्योगी ब्यवसायीको हकमा रहेको बताए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले १५ महिने कार्यकालमा निर्वाचन एवम बिपदको विषम परिस्थिति सबैको सहयोगमा सफलता पुर्वक सम्पन्न गरेको बताउदै सबैलाइ धन्यवाद दिए । उनले कोभिडबाट उकासिदै गरेको अवस्थामा स्थानिय बजारलाइ प्रवर्द्धन हुने गरि काम गर्न सकेको बताए । यस अवधिमा फरेनिया बजारलाइ निरुत्साहित गर्ने काम गरेको तथा भन्सार हुँदै आउने समानहरुलाई ब्यवस्थित गरेको बताउदै उनले यसले स्थानिय बजार चलायमान हुन सहयोग पुगेको जिकिर गरे ।
यस्तै जिप्रकाले कार्यबिधी बनाइ रात्रीकालिन बजार सन्चालनमा ल्याएको र बिमानस्थल, बसपार्क, बुद्धचोक सेरोफेरोमा रात्रीकालिन बजार सन्चालन आइ रहेको यसले पनि बजार चलायमान गराएको पाण्डेको भनाइ थियो । यस्ता बिषयले निरन्तरता पाउने पर्ने र यसमा ब्यवसायीहरुले यस्ता एजेन्डा बनाउनुपर्ने उनले धारणा ब्यक्त गरे ।
प्रजिअ पाण्डेको गृह मन्त्रालय अन्तर्गत सरुवा भएको छ । यस्तै रुपन्देहिको प्रमुख जिल्ला अधिकारीको रुपमा गणेश अर्याल आउदै छन ।
संघमा महासचिव कृष्ण प्रसाद घिमिरेको सन्चालनमा सम्पन्न फेरि भेटौला कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद अचार्य, सल्लाहकार राम कुमार शर्मा लगायतले बोलेक थिए ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार