Logo

गाउँपालिकाको सेवा वडा वडामै दिन “घुम्ती शिविर”

ujyalosandesh online २६ भाद्र २०८०, मंगलवार १८:१९ मा प्रकाशित

भैरहवा । ओमसतिया गाउँपालिकाले एकिकृत घुम्ती शिविर सुरु गरेको छ । गाउँपालिकाले प्रदान गर्ने बिभिन्न सेवाहरु वडामै दिने उद्देश्य सहित एकिकृत घुम्ती शिविरको आयोजना गरिएको पालिकाले जनाएको छ ।
शिविरमा ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा दर्ता, स्वास्थ्य जाँच, पशु जाँच, उपचार एवम परामर्श, कृषि परामर्श, महिला विकास शाखा अन्र्तगतका सेवा तथा ब्यवसाय दर्ता एवम नविकरण लगायतका काम शिविरमा गरिने प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले जानकारी दिए ।
उनले वडा नम्बर ६ बाट २५ गते देखि सुरु गरिएको शिविरलाई प्रत्येक वडामा पु¥याइने बताए । वडा नम्बर ६ मा २५ र २६ गते, वडा नम्बर ५ मा २७ र २८ गते शिविरको आयोजना गरिने उनले बताए । यस्तै त्यसपछिका वडाहरुमा तीन दिनका दरले सेवा प्रदान गरिने क्षेत्रीले जानकारी दिए ।


शिविरले पशुपालक एवम जेष्ठ नागरिकहरुलाई धेरै सहज बनाएको स्थानिय रामबली हरिजनले बताए । “अशक्त एवम वृद्ध अवश्थामा रहनुभएका जेष्ठ नागरिकहरुले गाउँटोलमै सहज सेवा पाउनु भएको छ, यो भन्दा राम्रो के हुन सक्छ ?” हरिजनले भने “यसले कार्यालयमै पुग्नु पर्ने र बाटो खर्च भए पनि जोगाई दिएको छ ।”
गाउँपालिकाले बर्षको एक पटक भए पनि यस्ता कार्यक्रमकहरुको आयोजना गर्ने गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले बताए । उनले यस्ता कार्यक्रमले स्थानियहरुको पालिका प्रतिको हेर्ने दृष्टिकोण सकारात्मक हुने र यसले पालिका तथा स्थानिय बिचको दुरी घटाउने काम गर्ने बताए । “हामीले शिविरमा बिभिन्न सचेतनामूलक जानकारीहरु पनि दिने गरेका छौं, साथै गाउँपालिकावासीले पालिकाबाट प्रवाह हुने अन्य सेवाहरुको बारेमा पनि जानकारी पाएका छन् ।” यादवले भने “गाउँघरमै सेवा प्रदान गर्ने गरि यस्ता शिविरहरुको संख्या भविष्यमा बढाउदै लैजाने छौं ।”


यस्तै गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले शिविरमा नया ब्यवसाय दर्ता तथा नविकरण पनि गर्ने गरिएकोले ब्यवसायीहरुलाई यसबाट लाभान्वित हुन आव्हान गरेकमी छन् । “हामी घर दैलोमै आएका छौं, यस अवधिमा ब्यवसाय दर्ता एवम नविकरणमा बिभिन्न छुटहरु पनि प्रदान गर्दैछौं ।” चौधरीले भनिन् “जरिवानाबाट जोगिन एवम छुटको लाभ लिन शिविरको सदुपयोग गर्न आव्हान गर्न चाहान्छु ।” यस पछि पालिकाले अनुगमनका कामलाई तिव्रता दिने भएकोले पनि ब्यवसायीहरुलाई नियमानुसार दर्ता हुन उनले आग्रह गरिन् ।

 


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार