
धकधई । रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम खानले पोखरभिण्डी माध्यमिक विद्यालयलाई पंखा प्रदान गरेका छन् ।
बुधवार एक कार्यक्रमका बिच बिद्यालयका प्रधान अध्यापक राजकुमार चौधरी र अध्यापक जुल्फेकार खाँ लाई ८ थान पंखा प्रदान गरिएको खाँ ले बताए । आफ्नै वडामा रहेको पोखरभिण्डी माध्यमिक बिद्यालयमा अध्ययनरत् बिद्यार्थीहरुलाई कक्षाकोठामा सहज होस भन्ने उद्देश्यले पंखा वितरण गरेको उनले जनाए ।
लोकप्रिय समाचार