Logo

मर्चवारी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु सम्मानित

ujyalosandesh online २८ भाद्र २०८०, बिहीबार १८:४९ मा प्रकाशित

मर्चवार रुपन्देहीको मर्चवारी गाउँपालिकाले स्वास्थ्यकर्मी हरुलाई सम्मान गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष२०७९÷०८० स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय मूल्याङ्कनमा प्रथम स्थान हासिल गरेकोले एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यकर्मचारीहरुलाई सम्मान गरेको

गाउँपालिकाले २७ गते रायपुर प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा स्वास्थ्य कर्मचारीहरुलाई सम्मना गरेको हो आर्थिक वर्ष०७९।०८० को वार्षिक मर्चवारी गाउँपालिका स्वास्थ्य शाखाले सेवा प्रवाहमा रुपन्देहीमै प्रथम स्थान ल्याउन सफल भएको

जिल्लाको १६ वटा पालिका मध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्य सम्पादन गर्दै सहज रुपमा नागरिकहरुलाई स्वास्थ्य सेवाप्रदान गरि मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा जिल्लामै प्रथम भएको हो जिल्लामा पहिलो स्थान ल्याएको खुसीमा मर्चवारीगाउँपालिकाले स्वास्थ्य शाखा अन्तर्गत रहेका स्वास्थ्यकर्मी लगायत सम्पूर्ण कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरेको

स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरीको प्रमुखअतिथ्यमा, मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष आशा सिंह स्वास्थ्य कार्यालयरुपन्देहीका खोप अधिकृत भेषराज शर्माको बिशिष्ट अतिथ्यमा भएको थियो

कार्यक्रम शुभकामना मन्तव्य पुरुषोत्तम घिमिरे राखेका थिए भने रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज राकेश यादवले संचालनगरेका थिए


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार