Logo

स्वर्गीय बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार पशुपतिलाइ

ujyalosandesh online २९ भाद्र २०८०, शुक्रबार २०:१४ मा प्रकाशित

भैरहवा । लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रुपन्देहीले लुम्बिनी खबरका धकधइ शाखा प्रमुख पशुपति यादवलाइ प्रदान गरेको हो ।

मधेशी पत्रकार समाज रूपन्देही शाखाले आयोजना गरेको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि ओमसतिया गाउँपालिका प्रमुख मन्जित यादव (सोनु)ले पत्रकार यादवलाइ पुरस्कृत गरे । पुरस्कृत यादवलाइ दोसल्ला ओढाएर १० हजार नगद समेत गाउँपालिका प्रमुख यादवले हस्तान्तरण गरेका थिए ।

रुपन्देहीमा रहि विभिन्न सञ्चारमाध्यममा काम गरेका स्व. बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उनको योगदान सम्झिने गरि पुरस्कारको स्थापना गरिएको भन्दै मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले यसले मधेश क्षेत्रमा रहेका पत्रकारहरुलाई थप शशक्त पार्ने बताए । प्रदेश अध्यक्ष चौधरीले स्व.बिन्दु चौहानले रुपन्देहीको पत्रकारीता क्षेत्रमा जोखिम मोल्दै पुर्याएको  योगदान बारे चर्चा गरे । उनले स्व.चौहानको निडर छबि र कार्य कुशलताको सराहना गर्दै इतिहासले उनलाई सम्मान गर्नैपर्ने बताए । सो अवसरमा स्व. चौहानको कष्टपूर्ण पत्रकारिता यात्राको उनले स्मरण गरे ।

कोभिड महामारीका कारण २०७८ भदौ २९ गते हामी माझबाट सदाका लागि बिदा भएका स्वर्गीय चौहानको स्मृतिमा गत वर्ष स्थापना गरिएको पत्रकारिता पुरस्कार रूपन्देहीमा रही जुनसुकै विधाका पत्रकारिता गर्ने एकजना मधेशी पत्रकारलाई प्रदान गर्दै आएको समाजका जिल्ला अध्यक्ष राधेश्याम बिश्वकर्माले बताए । गतबर्ष २०७९ मा भैरहवाका पत्रकार मोहम्मद हबिबलाई सो पुरस्कार प्रदान गरिएको उनले बताए ।

समाजका जिल्ला सचिव हृदयराम गुप्ताको संचालनमा रूपन्देहीको ओमसतिया गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गाना तथा स्व. पत्रकार बिन्दु कुमार चौहानका छोरा अमित चौहान, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार