
भैरहवा । भारतबाट तस्करी गरि ल्याइएको कपडाहरु भैरहवा भन्सार कार्यालयले छापा हानी बरामद गरेको छ । शसस्त्र प्रहरीको मिलामतोमा तस्करहरुले भारतबाट ल्याई गोदाममा रहेको अवश्थामा भन्सारले छापा हानेको हो ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायण दत्त जोशीका अनुसार बिशेष सूचनाको आधारमा आईतबार दिउसो रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुलहा बस्ने महेन्द्र यादव र ईश्वर यादवको घरमा छापा मारिएको थियो । सो क्रममा भन्सार कार्यालयले उनिहरुको घरबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको करिब २० लाखको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको डे«समा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको जोशीले जानकारी दिए ।
रुपन्देहीको पूर्वि क्षेत्र पजरकट्टि र बोदवार अन्र्तगत रहेका बुची, बरवा, अमवा, भगवानपुर र मैनिहवा नाकाबाट कपडा तस्करी हुने गरेको छ । बिभिन्न नाकाहरुबाट लामो समय देखि शसस्त्र प्रहरीको संलग्नतामै कपडा लगायतको समान तस्करी भई रहेको थियो । रोहिणी गाउँपालिका वडा नम्बर ५ बस्ने महेन्द्र यादव र ईश्वर यादवको तस्करीमा संलग्न रहेका थिए । भारतबाट कपडा ल्याई आफ्नै घरमा रहेको गोदाममा राख्ने र त्यहीबाट बिभिन्न स्थानमा पु¥याउने गरेका थिए । श्रोतका अनुसार यस कामको लागि उनीहरुले शसस्त्र प्रहरी बेसक्याम्प पजरकट्टि र शसस्त्र प्रहरी बेस क्याम्प बुची बरवालाई मासिक ३५÷३५ हजारको लाईन दिने गरेका छन् ।
तर शसस्त्र प्रहरीले तस्करीमा आफ्नो संलग्नता नरहेको बताएको छ । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणका सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा थापाले शसस्त्र प्रहरीले “शून्य सहनशिलता” को निति अंगिकार गरेको दावी गरे । उनले भन्सार कार्यालयले शसस्त्र प्रहरीकै समन्वयमा छापा हानेको बताए । “बरामद गरेको स्थल नवलपरासी (पश्चिम) नजिकै रहेको छ,” थापाले भने “समान उताबाट आयो कि यतैबाट आयो आन्तरिक अनुसन्धानको क्रममै रहेका छौं ।”
रुपन्देहीमा राजस्व चुहावट एवम बिभिन्न माध्यमबाट तस्करी बढ्दै गएपछि अहिले भैरहवा भन्सार कार्यालयले कडाई गरेको छ । भन्सारका सूचना अधिकारी नारायण दत्त जोशीका अनुसार चालु आर्थिक बर्षको २ महिना नपुग्दै ३ करोड बढीको यस्ता अवैध सामाग्री भन्सारले नियन्त्रणमा लिएको छ । यो तथ्यांकले पनि रुपन्देहीका तस्करी कति उच्च रहेको छ भन्ने प्रष्ट पारेको सरोकारवालाको भनाई छ ।