
बुटवल । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा सिक्किमको घटना दोहोराउने खेललाई संविधान सभाका अध्यक्षसुवासचन्द्र नेम्वाङले रोकेको बताएका छन् । नेकपा (एमाले) लुम्मिनी प्रदेश तथा रूपन्देही जिल्ला कमिटीले मंगलबार रुपन्देहीकोबुटवलमा आयोजना गरेको नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषय विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले यस्तोखेलको पूर्वसूचना पाएर त्यसलाई छल्दै नेम्वाङको पहलमा नेपालको संविधान जारी हुन सकेको बताएका हुन् ।
‘संविधान सभाको निर्वाचन नै कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा उहाँबाटै राजनीतिक दलहरूले धेरै कुरा थाहा पाएका हुन्, नेपालमा सिक्किमको घटना दोहोराउने खेल हुँदैथियो, यो सूचना सुवासलाई थाहा थियो । त्यसैले संविधान जारी गर्न उहाँ हतारिनुभएकोथियो । ड्राफ्ट भइसकेको संविधान जारी नगर्न दबाब थियो’ उनले भने–‘जारी गर्ने व्यक्तिले गर्ला कि नगर्ला भन्ने थियो । उहाँ दलहरूलाईभेटेर संविधान जारी नभए मुलुक नरहन सक्छ भनेर भनिरहनुभएको थियो ।’ उपाध्यक्ष ज्ञवालीले स्मरण गरे– ‘उहाँ भन्नुहुन्थ्यो, संविधानजारी भयो तर यो आफै लागू हुन्न । यसको मर्म र भावनामा टेकेर कसरी हामीले बुझ्छौ ? लागू गर्ने काममा कति इमान्दार हुन सक्छौं ?
नेता ज्ञवालीले नेम्वाङको निधनले आज सिंगै देश एकजना व्यक्तिको अभावमा शोकमग्न भएको बताए । ‘उहाँ एमालेको मात्र नेता होइन, सबैको साझा नेता हुनुहुन्थ्यो भन्ने सबैको धारणाले देखाएको छ, उहाँ चुनाव कहिल्यै नहार्ने व्यक्ति हो तर राष्ट्रपतिको चुनावमा हार्ने थाहाथियो र पनि उठेर हार्नुभयो । वार, संविधानसभा, विद्यार्थी चुनावमा कहीं हारेको रेकर्ड नै छैन । सबैको प्रिय हुन सक्ने मान्छे अपवाद नैहुन्छ’ ज्ञवालीले भने । धनी र सुशिक्षित परिवारमा जन्मेको कम्युनिष्ट आचरण भएको व्यक्ति, चित्त नबुझे पनि मीठो शैलीमा भन्न सक्नेभएकाले यस्तो बोलीमा तागत हुने र आफूलाई लागेको प्रष्ट भन्ने, तर चित्त बुझाएर भन्न सक्ने क्षमता नै नेम्वाङमा रहेको ज्ञवालीले बताए।
एमालेका सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले भारतीय दबाब, युरोपियन युनियनको चलखेलका बाबजुत निकैचलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर सुवास नेम्वाङले संविधान जारी गर्न सकेको बताइन् । ‘त्यतिबेला धेरै जटिलता थिए, परिवर्तनलाई संस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन । नेपालको संविधान कुन बाटोमा लैजाने ? यो प्रश्नपनि थियो । जसको समाधान संविधान सभाबाट उहाँकै पहलमा भयो ।’
अर्यालले भनिन्–‘नेपालमा अस्थिरता सृजना गरेर स्वार्थ लिन खोज्नेहरू थिए । युरोपियनको चलखेलको स्वार्थ थियो । भारतका विदेशसचिवको दौडधुप कति थियो । ती सबैलाई निस्तेज बनाएर संविधान जारी गर्नु सामान्य विषय थिएन । उहाँले हरेक प्रतिकुलतालाईअनुकुलतामा बदलेर सचेतनापूर्वक चालिएका कदमले संविधान जारी हुन सक्यो ।’ अर्यालले नेम्वाङसँग सबैलाई मिलाउन सक्ने क्षमतारहेको स्मरण गरिन् । ‘विभिन्न दिशामा रहेकालाई एउटै ठाउँमा ल्याउने खुबी थियो । अरू कोही पात्रबाट सो काम हुन सक्दैनथ्यो ।व्यक्ति व्यक्तिलाई राखेर कुरा गर्न सक्ने, सवैको साझा दाई बन्न सक्ने, असहज अवस्थालाई सहज बनाउन सक्ने, सबैको अभिभावकत्वलिन सक्ने व्यक्ति हो । वास्तवमा यस्तो मान्छे के मुलुकले फेरि पाउला ?’
नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री हकिकुल्ला खाँले शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्तिको निधनले देशलाई अपूरणीय क्षति भएको र उहाँको अभाव मुलुकलाई खट्किरहने बताए । ‘संविधान जारी गर्नु चानेचुनेकुरा थिएन । सो अवस्थामा जिम्मेवारीपूर्वक काम गरेर दुईपटक नै सो जिम्मा लिएर गाँठो फुकाउन सक्नुभयो, सबैलाई जोड्न सक्नेखुबी थियो । उहाँ संविधानविद् मात्र होइन राजनीतिज्ञ पनि हो । मुलुक कता लैजाने भन्ने स्पष्ट दृष्टिकोण पनि थियो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीकाप्रतिमूर्ति, संविधानविद्को निधनले देशलाई क्षति भएको बताउँदै उहाँका स्वभाव हामीले पनि जीवनमा लागू गरेर अगाडि बढ्नुपर्ने जनाए ।
नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित व्यक्तिको असामयिक निधनलेनेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको बताए ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही उपाध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलंक भएकैले संविधाननिर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहाँको योगदानलाई सधैभरी स्मरणयोग्य रहने बताए ।
एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा एमालेस्थायी कमिटी सदस्यहरु लिला गिरी र दधिराम न्यौपाने, प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठलगायतले सुवास नेम्वाङका योगदानहरुकोबारेमा चर्चा गरेका थिए ।