काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो।
आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चल्न दिइएको छ ।
Nepal
लोकप्रिय समाचार