वीरगञ्ज, १५ असार । आजदेखि तीनदिनसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं. २ सहित देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । यो क्रम तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन ।
उनका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ। यो क्रम अझै तीन दिन जारी रहने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Nepal
लोकप्रिय समाचार