Logo

वीरगञ्जमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो, प्रहरीसँग झडप हुँदा केही विद्यार्थी नेता घाइते

[email protected] १६ असार २०७८, बुधबार २०:४१ मा प्रकाशित

वीरगन्ज सहित देशभर सरकारको विरोधमा संयुक्त विद्यार्थी संगठनले मशाल जुलुश प्रदर्शन गरेको छ  प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज वीरगन्जमा पनि प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा मशाल जुलश सहित प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघले घण्टाघरबाट, अखिल क्रान्तिकारीले मिनाबजार गल्लीबाट र समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियुले माईस्थानबाट मशाल जुलुश सहित प्रदर्शन गरेका थिए । अनेरास्ववियुका केन्द्रीय सचिव अरुण यादवको नेतृत्वमा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी तथा नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष विकेश पटेलले नेतृत्वमा जुलुश निकालिएको थियो ।

बिरगंज

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार