असाढ २२ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्न गएको छ । जिल्लाको बटेश्वर गाउँपालिका वडा नं. २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार राति करिव ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नं. ४ स्थित डाँडा टोलबाट घर फर्किने क्रममा आँफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुनषाले जनाएको छ ।
News
लोकप्रिय समाचार