Logo

जनताको विश्वास जित्न सफल एमाले पार्टी एक्लै काफी छ : छबिलाल विश्वकर्मा

ujyalosandesh online ३० भाद्र २०७८, बुधबार २३:३२ मा प्रकाशित

भैरहवा, ३० भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले गठनबन्धनविरुद्ध एमाले एक्लै काफी भएको दावी गरेका छन् । उनले सबैभन्दा ठूलो पार्टी एमाले भएको र पार्टीले जनताको विश्वास जित्न सफल भएको बताए ।
नेकपा एमाले जिल्ला कमिटी, रुपन्देहीले बुधबार आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता विश्वकर्माले एमालेलाई कमजोर बनाउन अनेकौं तानाबाना बुनिएको बताए । भूमिसम्बन्धि समस्या समस्या समाधान आयोग विघटन गर्नेको जनताको स्वयंले हिसाबकिताब गर्ने उनले बताए । वर्तमान सरकारले जनतालाई प्रत्यक्ष रुपमा सेवा गर्ने अवस्था नरहेको उनले बताए । उनले एमाले एकताबद्ध भएर अगाडी बढ्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार