Logo

पोखरभिण्डीमा महिला तथा बालबालिकासम्बन्धी स्वास्थ्य शिविर

ujyalosandesh online १८ मंसिर २०७८, शनिबार २२:२७ मा प्रकाशित

भैरहवा, १८ मंसिर ।
लायन्स क्लब अफ भैरहवा लुम्बिनीको आयोजना तथा रोहिणी गाउँपालिकाको सहयोगमा रोहिणी गाउँपालिका–२ स्थित पोखरभिण्डीमा शनिबार महिला तथा बालबालिकासम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । पोखरभिण्डीस्थित पोखरभिण्डी माध्यमिक विद्यालयमा भएको शिविरमा २२१ जनाको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक विरेन्द्र गुप्ताले बताए ।

शिविरमा भिडियो एक्स-रे, बालबालिका र महिलाहरूको लागि निःशुल्क चेकजाँच तथा औसधि वितरण सप्पन्न गरिएको क्लबका अध्यक्ष लक्ष्मी के.सी.ले बताइन् । शिविरमा बाल रोग विशेषज्ञ डा. आरिफ खान, स्त्री रोग विशेषज्ञ डा. अस्मिता अधिकारी र रेडियोलोजिस्ट डा. बादल शाहीको टीमले स्थानीयको स्वास्थ्य परीक्षण गरेको के.सी.ले जानकारी दिइन् ।

निःशुल्क भिडियो एक्स-रे सेवाले गर्भवती तथा पेटको तथा पत्थरीको समस्या भएका महिलाहरु लाभान्वित भएको युवा नेता समेत रहेका लायन्स क्लब अफ भैरहवा लुम्बिनीका सचिव भोला क्षेत्री (राजाबाबु)ले बताए । शिविरको एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गरेका थिए ।

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार