Logo

स्वयंसेविकालाई वर्षमा ५ हजार मासिक प्रोत्सान भत्ता दिने : अध्यक्ष बनिया

ujyalosandesh online २१ मंसिर २०७८, मंगलवार ००:०८ मा प्रकाशित

मर्चवार । १८ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मर्चवारी गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । उक्त अवसरमा विभिन्न कार्यक्रम सहित गाउँपालिका भरीका ४ स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको हो ।
स्वास्थ्य शाखाको आयोजनामा मर्चवारी ३ सेमराबाट ¥याली सुरु गरी मर्चवारी ३ गाउँपालिकाको कार्यालय हुदै रायपुरामा कोण सभा गरेको स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिएका छन् ।


कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सेमरा मर्चवार स्वास्थ्य चौकीबाट चन्द्रावती चमार, रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट विद्यावती यादव, बगौली स्वास्थ्य चैकीबाट अनिता भारती र सिलौटिया स्वास्थ्य चौकीबाट परमसीला यादवलाई सम्मान गरिएको शाखा प्रमुख साहले जानकारी दिएका छन् ।


कार्यक्रमा बोल्दै मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले दिनरात खटी काम गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई आउने आर्थिक वर्षमा ५ हजार मासिक प्रोत्सान भत्ता उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
यसैगरी मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले सम्मानित स्वयंसेविका हरुलाई बधाई दिदै यसबाट अन्य स्वयंसेविका हरुको प्रेरणा मिल्ने बताइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार