Logo

लुम्बिनीमा पुष १६ र १७ गते सडक खाना महोत्सव हुने

ujyalosandesh online १ पुष २०७८, बिहीबार २२:०५ मा प्रकाशित

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा सांस्कृतिक तथा सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको महिलवारमा यही पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ ।

गत वर्षहरुकै महोत्सवलाई निरन्तरता दिने गरी अहिले थप परिस्कृत र सावधानी अपनाउँदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । महोत्सवमा बौद्धकालिन परिकारदेखि स्थानीयस्तरमा पाइने तथा तारे होटलहरुको परिकार पर्यटकले एकैस्थानमा स्वाद लिन पाउने आयोजकको दावी छ ।

विशेष गरी स्थानीयस्तरमा रहेका थारु, मुस्लिम, मधेशी समुदायहरुको परिकारका साथै लुम्बिनीमा रहेका तारे होटलहरु होटल कसाई, बुद्धमाया गार्डेन, होक्के होटलहरुको परिकारहरु न्यून मूल्यमा उपलब्ध गराइने ज्ञवालीको भनाइ छ । महोत्सवमा लुम्बिनीका होटलहरुमा ५० प्रतिशत भन्दा बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पहुनाले पाउनेछन् । महोत्सवलाई व्यवस्थित बनाउन छोटो दुरका लागि निःशुल्क सवारीसाधनको व्यवस्था समेत गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार