Logo

बुद्धजयन्ती अगावै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन ल्याउन मन्त्री आलेको निर्देशन

ujyalosandesh online १५ माघ २०७८, शनिबार २२:०२ मा प्रकाशित

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले बुद्ध जयन्ती भन्दा अगाडि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।

शनिबार विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले अहोरात्र खटेर भए पनि बुद्ध जयन्ती अघि नै विमानस्थल सञ्चालनमा ल्याउन आयोजना तथा नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रमुखलाई निर्देशन दिए । आफू पर्यटनमन्त्री भएकाले यो विमानस्थल छिटो सञ्चालनमा ल्याउन चाहेको उनले बताए ।


उनले मौसम सफा हुनासाथ क्यालिब्रेशन फ्लाइट हुने बताए । क्यालिब्रेशन फ्लाइट भएपछि विमानस्थल सञ्चालन हुने वातावरण बन्छ, उनले भने । विश्वकै ध्यान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उनको भनाइ थियो ।


काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुई तीन घण्टा एअर ट्राफिक जाम हुने गरेकाले त्यसको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल छिटो सञ्चालनमा ल्याउन सके सहज हुने बताए । ठूला ठूला जहाज उडेको हेर्न पाऔं, यो हाम्रो लागि गौरवको कुरा हो, उनले भने ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार