
भैरहव । प्रहरीले जंगली बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका–७ स्थित पिपहियाबाट तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–५ का ३५ वर्षिय ३५ वर्षिय बुध्धु पासी, महाराजगंज (भारत) का ४५ वर्षिय पन्यालाल चमार र सोही स्थानका २७ वर्षिय अनिल चमार रहेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक हरि श्रेष्ठले बताए । ‘तीनजनाले लु १ ह १९५८ नम्बरको अटोरिक्सामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २५० किलो अन्दाजी मूल्य दुईलाख बराबरको पाँच वटा टाउको नभएको जंगली बँदेल फेला पारी बरामद गरिएको छ, ’ प्रमुख नायव निरीक्षक श्रेष्ठले भने ।
तीनै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बँदेलसहित डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको धकधई प्रहरीले जनाएको छ ।