Logo

रुपन्देहीको ओमसतियामा स्वास्थ्य शिविर संचालन

ujyalosandesh online १८ फाल्गुन २०७८, बुधबार २३:५८ मा प्रकाशित

भैरहवा, १८ फागुन ।

रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको छ । ंस्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्र्तगत गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

बुधवार देखि सुरु गरिएको शिविर गाउँपालिकाको ६ वटै वडामा संचालन गरिने ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।

शिविरमा गाउँपालिकाका ४० वर्ष उमेर समूह माथीका नागरिकहरुको सुगर (मधुमेह), ब्लड प्रेसर (रक्तचाप) तथा समान्य स्वास्थ्य जाँच गरिने उनले बताए ।

उनले शिविरमा गाउँपालिकामा रहेका मधुमेह र रक्तचापका विरामी पहिचान गर्न र सम्बन्धित स्वास्थ्य संस्थाबाट नै निःशुल्क औषधी उपलब्ध गराउनका लागि शिविर संचालन गरिएको बताए ।

फागुन १८ गते छोटकीरामनगर स्वास्थ्य चौकीबाट सुरु गरिएको स्वास्थ्य शिविर २२ गते पट्खौली स्वास्थ्य चौकी, २३ गते बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र, २५ गते हाटिफर्साटिकर स्वास्थ्य चौकी, २६ गते सामुदायिक स्वास्थ्य इकाई ठुटिपिपल र २७ गते पडसरी स्वास्थ्य चौकीकमा संचालन हुने गाउँपालिकाको स्वास्थ्य शाखाका हेल्थ एस्सिटेन्ट माधव पौडेलले बताए ।

बधुवार छोटकीरामनगर स्वास्थ्य चौकीबाट संचालन गरिएको शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) गरेका थिए । उनले गाउँपालिकामा संचालन गरिएको स्वास्थ्य शिविरले गाउँपालिकावासीको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार