Logo

भैरहवामा चैत्र २५ देखी “प्रो क्लब च्यम्पियनशिप” प्रतियोगिता हुदै

ujyalosandesh online २ चैत्र २०७८, बुधबार ०७:५२ मा प्रकाशित

भैरहवा । लेग स्पिनर शेन वार्नको सम्झनामा भैरहवामा “प्रो क्लब च्यम्पियनशिप” प्रतियोगिता हुने भएको छ । जोहरा ईन्टरनेशनल प्रालीको आयोजनामा २५ चैत्र देखी ३ बैशाख सम्म भैरहवाको सिद्धार्थ रङ्गशालामा हुने प्रतियोगितामा क्लब स्तरका क्रिकेट टिम सहभागी हुने छन् ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा जोहरा ईन्टरनेशनलका प्रवन्ध निर्देशक आमिर अख्तरले प्रतियोगितामा राष्ट्रिय एवम अन्र्तराष्ट्रिय गरि ८ वटा टिमले सहभागी रहने बताए । नेपालका टिमको साथै भारत, बांग्लादेश र मलेशियाका पनि क्लब स्तरका टिमहरु सहभागी हुनेछन् । टि ट्वेन्टी फरमेटमा खेलाइने यो प्रतियोगिता काठमाण्डौंमा त्रिदेशीय सिरिज सकिए लगत्तै खेलाईने आयोजकले जनाए ।

पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका अख्तरले क्लब क्रिकेटलाई जोगाउने उद्देश्यले प्रतियोगितो आयोजना भई रहेको बताए । उनले क्रिकेटको मुख्य आधार क्लब क्रिकेट रहे पछि पछिल्लो केही बर्ष देखी यस्तो प्रतियोगिताहरु हुन नसकिरहेको जनाए । भैरहवामा राम्रो क्रिकेट मैदान, पर्याप्त होटल, अन्र्तराष्ट्रिय बिमानस्थल र रुपन्देही क्रिकेट संघको सहयोगले प्रतियोगितालाई भैरहवामै गर्न प्रेरित गरेको उनको भनाई थियो ।

भैरहवामा यस अघि पनि थुप्रै क्रिकेट क्लबहरु रहेको र प्रतियोगिताले नया खेलाडी उत्पादनमा पनि सहयोगी हुने आयोजकको भनाई छ ।

राष्ट्रिय र अन्र्तराष्ट्रि ।य खेलाडीहरु सम्मलित भैरहवामा हुने प्रतियोगिताले भैरहवाको क्रिकेटमा आशाको सञ्चार जगाएको रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङ्गको भनाई छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार