Logo

आधुनिक शहर भैरहवालाई जन्म दिएको भैरहवा गाउँलाई खुल्ला संग्रहालय बनाउँछु : विश्वकर्मा

ujyalosandesh online १८ बैशाख २०७९, आईतवार ०९:४५ मा प्रकाशित

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ बाट वडा अध्यक्ष पदका उम्मेदवार विनोद विश्वकर्मा भैरहवा गाउँलाई खुल्ला संग्रहालय बनाउने अभियानका साथ निर्वाचनमा होमिएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका उनले नगरकै उद्गम स्थल रहेको भैरहवा गाउँ अहिलेसम्म ओझेलमा परेको बताउदै यसको विकासको लागी आफुले उम्मेदवारी दिएको बताए ।

“आधुनिक शहर भैरहवालाई जन्म दिएको यो गाउँ वर्तमान जनप्रतिनिधि र नगरपालिकाको नजरमा पर्न सकेन ।” बिश्वकर्माले भने “यहाका नागरिकको अवश्था पहिले जुन अवश्थामा थियो अहिले पनि सोही अवश्थामा छ । भैरहवा गाउँको समग्र विकास नै मेरो मूल एजेण्डा हो ।” पर्यटकिय शहरको रुपमा विकसित हुदै गई रहेको भैरहवाको समृद्धिको मूल आधार नै पर्यटन भएको र यसको सुरुवात भैरहवा गाउँबाट गर्ने उनको भनाई छ ।

भैरहवा गाउँलाई एक उत्कृष्ट पर्यटकिय गन्तब्य बनाउन सकिने र गौतमबुद्ध अन्र्तराष्ट्रि बिमानस्थलमा झरेका पर्यटकलाई यहाँ आकर्षित गर्न सकिने योजना सहित अगाडी बढने उनले बताए । सबै भन्दा पुरानो वडा रहे पनि वडा नम्बर ७ मा अहिले सम्म कुनै पनि सामुदायिक बिद्यालय नहुनु दुखद रहेको बताउदै उनले आफुले जिते वडामै बिद्यालय खोल्ने पहल गर्ने बताए ।

“पराम्परागत पेशामा लागेका वडा नम्बर ७ का नागरिकका बालबालिका निजि बिद्यालयमा महङ्गो शु्ल्क तिरेर पढ्न बाध्य छन् । भएका सामुदायिक बिद्यालय पनि टाढा छन् ।” बिनोदले भने “म वडा अध्यक्षको रुपमा आए आफ्नै वडामा सामुदायिक बिद्यालयको लागी पहल गर्छु । यसले यहाका नागरिकलाई थप सुविधा थपिन्छ ।” विकासको नजरमा पनि वडा नम्बर ७ नगरपालिकाको नजरमा हेपिएको बताउदै उनले पालिकाले पुराना बाटोहरु बनाउनुको सट्टा प्लटिङ्ग गरिएका बाटोहरु बनाएको आरोप लगाए ।

भैरहवा गाउँको पन्च पथ, रामजानकी पथ लगायतका बाटोहरु बर्षौ देखि त्यस्तै अवश्थामा रहेका र आफ्नो कार्यकालमा त्यसलाई पक्की बनाउने उनले बताए । वडा नम्बर ७ मै रहे पनि सुविधाको दृष्टिले भैरहवा गाउँ पछि परेको उनको ठम्याई छ । भैरहवा गाउँमा कुनै पनि महिला स्वास्थ्य स्वयम सेविका समेत नभएको उनले बताए ।

“यहा आधारभूत स्वास्थ्यको सुविधा छैन, स्वास्थ्यको कुरै छोडौं एक जना महिला स्वास्थ्य सेविका पनि हुनुहुन्न ।” उनले भने “अनि केको विकास ? पूर्वाधार मात्र नभइ सामाजिक विकासमा पनि मैले जोड दिएको छु । गाँस, बास, कपासको साथै स्वास्थ्यको सुविधालाई पनि प्राथमिकतामा राखेर काम गर्नेछु ।” भैरहवा गाउँ निवासी ३० बर्षिय बिनोद विश्वकर्मा आफ्नो प्यानलसहित जनता समाजवादी पार्टीबाट वडा अध्यक्षमा उम्मेदवार बनेका छन् । उनि सहित प्यानलको सदस्यमा राहुल कानु बनिया, श्रीनिवास धोबी, महिला सदस्यमा सुमन सहानी केवट र दलित महिला सदस्यमा रिता लोहारले उम्मेदवारी दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार