Logo

सनोज कुमार यादवलाई भोट किन ?

ujyalosandesh online २४ बैशाख २०७९, शनिबार ००:०९ मा प्रकाशित

भैरहवा । नेकपा एमाले रोहिणी गाउँपालिकाले स्थानिय तह निर्वाचन २०७९को लागी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । नेकपा एमालेका तर्फ बाट मेयर पदका उमेदवार सनोज कुमार यादव र उपमेयर पदका उमेदवार बसन्ती पाण्डेले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । ३० बुदे प्रतिबद्धता पत्रमा बेरोजगारी , गरिबी, असहाय, अपागंता भएका व्यक्तीहरुलाई रोजगारी देखी शिक्षा ,स्वास्थ्य, सडक पुर्बाधारका क्षेत्रको बिकासहरुमा जोड दिईएको छ । प्रतिबद्धता पत्र सार्बजनिक लगतै उमेदवारहरु घरदैलो अभियानमा लागेका छन् ।

१.बेरोजगारी गरिबी अपाङ्घ, असहाय दलितलाई लक्षित गरि ५०० जनालाई रोजगार र व्यवसायमा सामिल गराईने छ ।
२.रोहिणी गाउँपालिका अन्तर्गत रहेका विद्यालयबाट क्भ्भ् परीक्षापास गरेका छात्रालाई साईकल दिईएर सम्मान गरिने छ ।
३.कृषि पेशालाई आधुनिक एवम व्यवसायीकरण गरी आकर्षक पेशाको रुपमा विकास गरिने छ । कृषकलाई उन्नत जातको बिउबिजन,मलखाद सहज सर्वसुलभ रुपमा वितरण गरिनेछ । साथै कृषि सिचाईको लागि कुलो नहर निर्माण गरि टयुबवेल बोरिङ्घको व्यवस्था गरि कृषिजन्य वस्तुको भण्डारण र बजारीकरण गर्न कृषि बजार र बिक्री वितरणको व्यवस्था गरिने छ ।
४.गाउँपालिका वासीहरु कै सहभागितामा नगर बिकासको गुरु योजना तयार गरी कार्यान्वयन मा ल्याईने छ ।
५. पाँचवर्ष भित्रमा यस गाउँपालिकाका सबै भित्री बाटो,सडक,पीच गरी नाला तथा ढल निकासलाई व्यवस्थित गर्दै बर्षाया मा हुने डुबानका समस्याहरुलाई पूर्ण रुपमा समाधान गरिने छ ।
६.यस गाउँपालिका भित्र रहेका सरकारी विद्यालयको भौतिक एवं शैक्षिक रुपमा स्तर उन्नती गरिने छ ।
७.कृषि पेशालाई आधुनिकएवं व्यवसायीकरण गरी आकर्षक पेशाको रुपमाबिकास गरिने छ ।
८.उन्नतजात को गाई, भैसी, कुखुरा, बाख्रा, माछा, पालनको लागि व्यवसायीकरण गर्न कृषकहरुलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था मिलाईने छ । कृषि बिमाको उचित व्यवस्था गरिने छ ।
९. कृषिलाई आधुनिकीकरण गर्न माटो परिक्षण, वाली परीक्षण गर्न कृषक विशेषज्ञ र पशु चिकित्सकको व्यवस्थागरिने छ ।
१०. कृषि क्रण मिन्हाको लागि आवश्यक पहल गरिने छ ।
११. कृषि क्रण मिन्हाको लागि आवश्यक पहल गरिने छ ।
१२. बेरोजगार युवायुवती महिलाहरुलाई विभिन्न किसिमका सिपमुलुक, आयआर्जन र रोजगार मुलक तालिमहरु संचालन गरिने छ । विद्युत सेवा,संचार सेवाका लागि आवश्यक पर्ने पोल,तार,टावर,निर्माणको लागि पहल गरिने छ ।
१३. गरिब र विपन्न बर्गलाई उचित बसोबासको लागि जनता आवास कार्यक्रम प्रभावकारी रुपमा लागु गरिने छ ।
१४. रोहिणी गाउँपालिकालाई स्मार्ट सिटी र मेट्रो सिटिको रुपमाबिकास गरिने छ ।
१५. गाउँपालिका भित्रका लोपोन्मुख समुदाय पिछडा वर्ग, दलित, मुस्लिम, मधेशी आदीवासी,जनजाती तथा बिपन्न नागरिकहरुको उत्थानका लागि बिशेष कार्यक्रम संचालन गरिने छ ।
१६.महिला घरेलु हिंसा र बालबिवाह निरुत्साहित गर्न र पूर्ण रुपमा रोक्न बिशेष किसिमको व्यवस्था मिलाईने छ ।
१७.गृहिण्ी महिलाहरुको सिपबिकास र आर्थिक आयआर्जनका लागि बिशेष कार्यक्रम संचालन गरिने छ ।
१८. मठ मन्दिर, चर्चर गुम्बा, आश्रम तथा मस्जिद, मदरसाहरुको संरक्षण गर्न बिशेष पहल गरिने छ ।
१९.मदरसाहरुमा गुणस्तरीय शिक्षा र भौतिक निर्माणका लागि आवश्यक व्यवस्था मिलाईने छ ।
२०. मसानघाट, कब्रस्थानहरुलाई व्यवस्थित गरिने छ साथै सार्वजनिक जग्गा पोखरी कुँवा, इनाररको संरक्षण गरिने छ ।
२१. वर्षौ देखी जोतभोग गरि आएका किसानको नाममा दर्ता हुन छुट भएका जग्गा नापी दर्ता र जग्गाधनी प्रमाण पत्रपुर्जा विवरणका लागि पहल गरिनेछ ।
२२. गाउँपालिका भित्रका प्रत्येक वार्डमा सहकारी दर्ताको व्यवस्था मिलाईने छ ।
२३. गाउँपालिका वासीहरुको सूचना र मनोरन्जनको लागि रेडियो, एफ.एम, टेलिभिजन संचालन गरिने छ ।
२४. अमवा तथा बुच्ची बरवा छोटीभन्सार संचालनगर्न पहल गरिने छ ।
२५. लेवर, मिस्त्री तथा मजदुरको हकहितका लागि उचित पारिश्रमिक निर्धारण गरिने छ ।
२६.बलबालिका, महिला, दलित, मधेसी, मुस्लिम, थारु, आदिवासी, जनजाति, लगायत का लक्षित वर्गको लागि छुटै कोषको निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गरिने छ ।
२७.सामुदायिक बनको बिकास तथा संरक्षण गरिने छ । रोहिणी नदीको किनारमा रहेको गौतमबुद्घ सामुदायिक पार्कको विकास तथा संंरक्षण गरिने छ ।
२८.नदी कटानबाट भुक्ष्य तथा जग्गाबिनासको कार्य रोकथाम गर्न तटबन्द निर्माण गरिने छ ।
२९.रोहिण्ी गाउँपालिका भित्र सुविधा सम्पन्न १५ संया अस्पतालको स्थापना गरिने छ ।
३०.जन स्तरमा उत्पन्न भएको बिवादलाई न्यायीक समिति मार्फत छिटो छरितो समाधानको व्यवस्था मिलाईने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार