
भैरहवा । नेपाल रेडक्रस सोसाइटी उपशाखा रोहिणीले विश्व रेडक्रस दिवसको अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयम्सेवा, एकता, सर्वव्यापकता जस्ता रेडक्रसका सात सिद्धान्तको प्रतीकात्मक रूपमा मैन बालेर दीप प्रज्ज्वलन गरिएको थियो भने जाँ हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरिएको थियो ।
लोकप्रिय समाचार