Logo

रोहिणीमा राप्रपाको अग्रता, जसपा पछ्याउदै

ujyalosandesh online ३१ बैशाख २०७९, शनिबार ०८:२४ मा प्रकाशित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राती १२ बजे देखी सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष पदमा राप्रपा को उम्मदेवारले ७८ मत प्राप्त गरेका छन भने जसपाले ४९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेस २८ मत सहित तेश्रो र नेकपा एमाले १३ मत सहित चौथो स्थानमा रहेको छ ।
उपाध्यक्ष पदमा राप्रपाले ६१ मत प्राप्त गर्दा जसपाले ४३, नेकपा एमालेले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसै गरि वडा अध्यक्षको लागी राप्रपाले ६९ मत प्राप्त गरेको छ भने कांग्रेसले ५५ मत प्राप्त गरेको छ । जसपाले ३१ मत प्राप्त गर्दा नेकपा एमालेले १५ मत प्राप्त गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार