जलवायु परिवर्तन विश्वको साझा चुनौती : मन्त्री किराती

Ujyalosandeshonline 2372+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री सुदन किरातीले जलवायु परिवर्तन विश्वको साझा चुनौती भएको बताएका छन् । 

राजधानीमा बिहीबार ‘मिम्जिमा ए’ गीतको म्युजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अबको विकासको अवधारणा प्रकृतिमैत्री हुनुपर्ने बताए । 

उनले भने, ‘जलवायु परिवर्तन विश्वको साझा चुनौती भएको छ । यही गतिले परिवर्तन हुने हो भने केही सय वर्षपछि पृथ्वीमा मानिसहरु बाँच्ने छैन । अक्सिजनको अभावमा मर्ने छन् । हामी राई, लिम्बुहरु प्रकृतीसँग प्रेम गर्छौ हाम्रो जस्तै संस्कृतिको आधारमा विकास निर्माण संसारमा भएको भए सायद आज प्रकृतिको यति ठूलो दोहन हुने थिएन, यति धेरै परिवर्तन हुने थिएन । अबको विकासको अवधारणा प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ ।’

बुधबार राति राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल दुबई प्रस्थान गर्दा नेपाल एयरलाइन्सको उडान समय सरेर ३१ यात्रु छुटेका थिए । उक्त घटनाप्रति विभागीय मन्त्रीका नाताले किरातीले माफी माग्दै उनीहरुलाई सरकारले नै होटलमा राखी बिहीबार गन्तव्यमा पु¥याएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार