मुख्य समाचार
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह | क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति | बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी | सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार |
मुख्य समाचार
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह | क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति | बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी | सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार |


पुल निर्माण सम्पन्न नहुदा दैनिक दुर्घटना, स्थानियको यात्रा जोखिममा

राधेश्याम विश्वकर्मा 39+ समाचार ( )
२७ माघ २०८०, शनिबार

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ५ जोडने तिनाउ खोलाको झोलुङ्गे पुल अधुरो हुदा स्थानियहरुले सास्ती खेप्नु परेको छ । गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम समेतको लगानी मार्फत दुई वडाको सिमाना जोड्ने सो खोलामा पुलको काम पूरा नहुँदा स्थानियको यात्रा जोखिम पूर्ण बनेको छ । 

पुलको काम २०७७ सालमा सुरु भएको थियो । पुल निर्माणको लागि उपभोक्ता समिति गठन गरि २०७७ साल माघ २७ गते कार्यादेश दिईएको थियो । सुरु भएको आज ३ बर्ष पुग्दा समेत पुल सम्पन्न हुन सकेको छैन । यस बिच उपभोक्ता समितिलाई ४ पटक म्याद थप गरिएको छ । पुल सम्पन्न नहुदै उपभोक्ता समितिले गत असारमा गरेको कामको आधारमा भुक्तानी पाएको छ । 

हेर्दै अनौठो लाग्ने, पुल छ तर बाटो छैन । पुलको दुबै पिल्लर तर्फ बाँसको सिढी लगाईएको छ । स्थानियहरु बाँसको सिढी उक्लेर पुल सम्म पुग्ने गरेका छन् । पुल पार गरे पछि पुनः बाँसकै सिढीबाट झर्ने गरेका छन् । कोटहीमाई गाउँपालिका वडा नम्बर २ भुवरी र वडा नम्बर ५ बेनीनगर जोडने यो पुलमा यात्रा गर्दा कतिपयका हातखुट्टा भाचिएका छन्, भने कतिपयलाई चोटपटक लाग्ने गरेको छ । ७० बर्षिय स्थानिय सोहरत अहिरले आफ्नो जीवनमै यस्तो पुल नदेखेको बताए । “यस्तो अप्ठ्यारो पुल छ, दैनिक दुर्घटना हुने गरेको छ,” अहिरले भने “अस्ति पनि भुवरीका हरिश्चन्द्रको खुट्टा भाँचियो, खै कहिले सम्म यस्तै नियती भोग्ने हो ।”

सक्ने स्थानियहरु साईकल बोकेरै बाँसको सिढी चढेर पुल पार गर्छन, नसक्नेहरु खोला तरेर पार गर्ने गरेका छन् । हिउद भएर केही सजिलो भएका उनिहरुलाई भने बर्षायाममा पुल चढ्नै पर्ने बाध्यता रहेको छ । वडा नम्बर २ का अधिकांश बिद्यार्थीहरु मझगाँवामा अध्ययनको लागि आउने गरेका छन् । पुलकै कारण दैनिक आफ्नो पहिलो कक्षा छुट्ने गरेको कक्षा १२ का बिद्यार्थी सन्तोष मौर्यको भनाई छ । “पुलमा साईकल चढाउनै सक्दिन, पैदल जानुपर्छ जसले गर्दा बिद्यालय पुग्दा पहिलो कक्षा छुट्ने गरेको छ,” मौर्यले भने “पुलकै कारण पढ्न जान प्रत्येक दिन अप्ठ्यारो हुन्छ, हात खुट्टा भाचिने जोखिम उस्तै छ ।”

२०७७ सालमा सम्झौता भएको उक्त पुलमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को ६१ लाख ९४ हजार ७ सय ६२ रुपैया, कोटहीमाई गाउँपालिकाको १० लाख ४५ हजार २ सय ४० रुपैया, लठ्ठा, बोल्डर, ग्रीप लगायत सामाग्रीको ६ लाख ३९ हजार ५ सय ३ रुपैया र उपभोक्ता समितिको १ लाख ६० हजार ८ सय ६ रुपैया गरि जम्मा ८० लाख ४० हजार ३ सय १२ रुपैया लगानी रहेको छ । 

कोटहीमाई गाउँपालिकाका ईन्जिनियर नवराज भण्डारीका अनुसार उक्त योजनाको ४ पटक म्याद थप गरिएको छ । “उपभोक्ता समितिले जिम्मेवारी बोध गरि काम नगर्दा निर्माण कार्य ढिलो भएको हो,” भण्डारीको भनाई छ “चालु आर्थिक बर्षमा पनि १० लाख रुपैया बिनियोजन भएको छ तर अहिले सम्म सम्झौता नै हुन सकेको छैन ।”

पुल निर्माणमा उपभोक्ता समिति र स्थानिय स्तरको राजनितिले प्रत्यक्ष असर पारेको छ । पटक पटक म्याद थप गर्दा पनि काम पुरा नगर्ने उपभोक्ता समितिले अहिले पनि बाँकी काम आफुहरुले पाउनु पर्ने दावी गरेको छ । तत्कालीन उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश चौधरीले गाउँपालिकाको अदूरदर्शी निर्णयको कारण यो अवश्था आएको बताए । उनले पुल निर्माण कार्यको अनुगमन एवम परामर्शदाताको रुपमा गैरसरकारी संस्थालाई जिम्मा दिएर ढिलो भएको दावी गरे । “गाउँपालिकाले लुम्बिनी एकिकृत विकास संस्था (लिडो) लाई कामको जिम्मा दियो ।” उनले भने “उसले समयमै सामाग्री एवम अन्य काम नगर्दा निर्माण काम ढिलो हुदै गयो ।”

चौधरीले कोभिडको समयमा काम सुरु भएकोले पनि ढिलाई हुन गएको दावी गरे । यस संगै पुलको लागत अनुमानमा निर्माण सामाग्रीको गरिएको लागतको तुलनामा बजारमा दोब्बर भन्दा महङ्गो समान रहेको कारण पनि आफुले काम गर्न नपाएको जिकिर उनको छ । सोही घाटा पूर्ति गर्न पुनः आफुले निर्माण काम गर्न पाउनुपर्ने उनको भनाई छ । 

कोटहीमाई गाउँपालिका लामो समय सम्म प्रमुख प्रशासकिय अधिकृत विहिन हुदा पनि यहाका अधिकांश योजनाहरु अलपत्र अवश्थामा रहेका छन् । अधिकांश योजनाका कामहरु अहिले सम्म सुरु नै हुन सकेका छैनन् । यस्तो अवश्थामा पुल सम्पन्न हुनेमा स्थानियको आशंका अझै बढाएको छ । हिउद सकिनै लाग्दा पनि निर्माण काम सुरु नभएको कारण आउदो बर्षामा पुनः दुष्कर यात्रा सम्झिदै स्थानियहरुको चिन्ता बढ्दै गएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार