मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

भूकम्प प्रभावित क्षेत्रमा मारबाडी सेवा समितिको राहत

Ujyalosandeshonline 335+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

काठमाडौं । मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले भूकम्प प्रभावित क्षेत्रमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको बताएका छन् ।

दीपावली स्नेह मिलन समारोह २०६० तथा एशियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरुको सम्मान कार्यक्रममा उनले भूकम्प प्रभावित क्षेत्रमा पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको बताए ।

उनले मारवाडी सेवा समिति नेपालले उत्सव एवं समारोहहरुमा विभिन्न क्षेत्रमा योगदान गर्ने मानिसलाई सम्मान गर्दै आइरहेको भन्दै सोहीअन्तर्गत १९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरुको सम्मान कार्यक्रम राखिएको बताए ।

उक्त कार्यक्रममा १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीहरुले एउटै खेलमा दुर्लभ ५ वटा विश्व कीर्तिमान बनाई विश्वसामु नेपाल र नेपालीको शिर उच्च पार्न सफल भएकोमा खेलाडीलार्य पुरस्कृत गरिएको थियो ।

उक्त खेलमा ९ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान राख्न सफल दिपेन्द्र सिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व कीर्तिमान बनाउन सफल कुशल मल्ललाई हौसला एवं सम्मानस्वरुप जनही एक लाख एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, कराते खेलतर्फ नेपाललाई रजतपदक दिलाई नेपालीको शिर उच्च पार्न सफल भएकी एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट एशोसिएन, क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई सम्मानपत्रका साथै उपहार प्रदान गरिएको थियो । मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मानपत्रका साथै उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना काबरा र मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्मालगायत व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार