मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |
मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |


सुन तस्करीको रुट बुझ्न रसुवा पुग्यो आयोग

Ujyalosandeshonline 335+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

काठमाडौं। सुनको अवैध पैठारी (तस्करी)  नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेको थाहा भएको छ। ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरुको अनौपचारिक भ्रमण गरेको जानकारी प्राप्त भएको छ।  

दशैं तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको रसुवास्थित एक विश्वस्त सूत्रले नेपाल न्यूज बैंकलाई जानकारी दिएको छ। तर आयोगले भने यसको पुष्टि गरेको छैन।

चीनको राजधानी बेइजिङ्गबाट ठूला मालबाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने त्यहाँबाट ससाना ट्रकमा सामानमा मिसाएर यता छिराउने गरिएको सूचना भ्रमण टोलीले पाएको थियो। रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराईएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरुले ओसारपसार गरेको जानकारी पनि आयोगलाई उपलव्ध गराईएको सूत्रले बताएको छ। आयोगको टोली त्यता रहेकै समयमा चिनियाँ प्रहरी नै पाँच किलो अवैध सुन समातेको थियो।

यता आयोगले

सुनको अवैध पैठारी (तस्करी) सम्वन्धमा विभिन्न सरोकारवाला संस्था व्यापारिक समूहसँग बुझ्ने कार्यलाई निरन्तरता दिईरहेको छ। नेपाल पारवहन केन्द्र, उद्योग वाणिज्य संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल आभूषण संघ लगायतका संस्थासँग बुझ्ने कार्य भैसकेको आयोग सूत्रले जानकारी दिएको छ।

आयोगका अध्यक्ष पूर्व न्यायाधीश डिल्लीराज आचार्यले चाड पर्वको विदा सकिएलगत्तै आयोग आफ्नो कार्यमा सक्रिय रहेको बताए। उनले स्थलगत अध्ययन भ्रमण गरेको बिषयमाबुझ्न आवश्यक परेका ठाउँमा आयोग सम्पर्कमा रहन्छ भन्ने संक्षिप्त प्रतिक्रिया मात्र दिए।

सरकारले पछिल्लो पटक ठूलो परिमाणमा सुन पक्राउ परेपछिसुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग२०८० गरेको थियो।

सुन आयोग भनी चर्चामा रहेको  आयोगले सुन तस्करीका अहिलेसम्म भएका न्यायीक अर्धन्यायिक विषयहरुबाट प्रवेश गरेर, सीआईबीको अनुसन्धानलाई स्रोत सामग्रीको रुपमा लिदैँ घटनाक्रमहरुलाई आफ्नै ढंगले अनुन्धान गरिरहेको जनाएको छ।

आयोगले यसअघि विदेशबाट इलेक्ट्रोनिक सिगरेट -भेप_ मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको साउन गते ब्रेकशुमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको लगायतका पटक पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव एवम् जानकारी लिएको छ।

सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी सूचना आयोगले लिने भएको छ।

सुन तस्करीको प्रकृति, सुनको परिणाम सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता थप अनुसन्धानसुनको अवैध पैठारी -तस्करी_ सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिनेगरी कार्य योजना बनाइएको आयोगले यसअघि पत्रकार सम्मेलनमा जानकारी दिइसकेको छ।

 

गृह मन्त्रालयको पुरानो भवन परिसरमा आयोगको कार्यालयसमेत स्थापना भएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार