मुख्य समाचार
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह | क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति | बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी | सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार |

कमला नदी बेसिन जलस्रोत विकास रणनीतियोजना लोकार्पण

Ujyalosandeshonline 5547+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा दिगो र एकीकृत जलस्रोत व्यवस्थापनका लागि ‘कमला नदी बेसिन जलस्रोत विकास रणनीतिः कार्यन्वयन कार्य योजना’लोकार्पण गरिएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रमकबिच उक्त योजना लोकार्पण गरिएको हो । कृषि उपात्दकत्व बढाउन, सिंचाई सहज बनाउन, जलउत्पन्न प्रकोपलगायतका समस्या न्यूनिकरणका लागि यो रणनीति तयार पारिएको हो । 

योजना जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रमंडल वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठन, अष्ट्रेलिया, बेसीन क्षेत्रका स्थानीय जनता, सरोकारवालाहरु र विभिन्न विज्ञहरूको सहकार्यमा तयार गरिएको हो। 

नेपालको नदी जलाधार क्षेत्रको रुपान्तरणका लागि प्रतिनिधिका रूपमा कमला नदी बेसीन क्षेत्रलाई रोजिएको हो। कमलाले बागमती, कोशी र मधेश प्रदेश गरी २१ सय वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। त्यस क्षेत्रमा रहेका करिब ६ लाख १० हजार जनसंख्यालाई कार्यक्रमले सहयोग पुग्ने आंकलन गरिएको छ। 

योजनाले कमला नदी बेसीन क्षेत्र भित्रका विद्यमान चुनौती, अवसरहरूलाई सम्बोधन गर्ने आशा लिइएको छ ।योजनाले समुदायको आवश्यकतालाई सम्बोधन गर्दै दिगो परिणामहरू हासिल गर्ने लक्ष्य राखेको छ । 

योजनामा नदीजन्य सामग्री उत्खननका लागि निर्देशिका निर्माण, कटान नियन्त्रणका उपायहरू समावेश छन् । योजनाले जलस्रोत व्यवस्थापनमा सुधार गर्न, जलाधार क्षेत्रभरि पानीको वितरण प्रवर्द्धन गर्न, सिंचाइयुक्त अभ्यासको प्रवर्द्धन गर्ने, उत्पादकत्व बढाउने, बाढी पहिरो जस्ता जलउत्पन्न प्रकोपहरुको प्रभाव न्यूनीकरण गर्न आवश्यक सम्बोधन गर्नेछ । 

जीविकोपार्जनलाई टेवा दिन, जलजन्य विपतको जोखिम घटाउन, बेसीन क्षेत्र भित्रको चुरे क्षेत्र र यसको प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। 

जलस्रोत विकासलाई सहज बनाउन बेसीन र क्षेत्र रणनीतिमा रहेका विभिन्न विषयगत क्षेत्रहरूकालागि योजनाले आधारभूत परिवर्तनको आवश्यकता औल्याएको छ । 

रणनीतिले बेसीन क्षेत्र र उप बेसीन क्षेत्र दुवै स्तरमा बहु–सरोकार मञ्चहरू स्थापना गर्ने, दिगोपन मूल्याङ्कन संरचना विकास गर्ने र बेसीन क्षेत्र भित्रका जलस्रोतहरूको विकास र न्यायपूर्ण प्रयोग अनुगमन गर्न कोशी नदी बेसीन कार्यलय अन्तरगत कमला नदी बेसीन इकाई कार्यलय स्थापना गर्ने प्रस्ताव राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार