मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकको संगमस्थल विगु गुम्बा

Ujyalosandeshonline 335+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

रामेछाप । उत्तरी दोलखाको विगु गाउँपालिका–७ मा पर्ने विगु गुम्बा धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकहरू को संगमस्थल बन्दै गएको छ । हिमाली गाउँ विगुमा रहेको यो गुम्बा पछिल्लो समय आकर्षक गन्तव्यको केन्द्र बन्दै गएको छ । विगुसम्म पुग्ने सडक सञ्जाल विस्तार भएपछि सो गुम्बामा दर्शन गर्न र घुम्न जाने मानिसहरुको संख्या बढ्दै गएको छ । 

दोलखाको सदरमुकाम चरिकोटबाट ३५ किलोमिटरको यात्रा पछि सिँगटी पुगिन्छ । त्यहाँबाट थप २१ किलोमिटर यात्रा पछि विगु गुम्बा पुगिन्छ ।  

विगु गुम्बालाई निक्कै पुरानो गुम्बा मानिन्छ । तथापि यसको लिखित इतिहास भने विक्रम संवत् १९१५ बाट देखिन्छ । औपचारिक रूपमा भने विक्रम संवत् १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे) यो गुम्बा स्थापना गरेको बताइन्छ । 

गुम्बामा नियमित रूपमा पाठ पूजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरूलाई पढाउने कार्य हुँदै आएको छ । सो गुम्बामा कहिल्यै ननिभ्ने बत्ती नियमित रूपमा बल्दछ ।

बडा दशैँको फूलपातीदेखि एकादशीसम्म गुम्बामा बत्ती बाल्ने परम्परा छ ।  हिन्दु धर्मावलम्बीहरूले दशैँ काटमार गरी बली चढाउने भएकाले उनीहरूको आत्मशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने गरिन्छ । 

महिला भिच्छु –आनी) लाई मात्र पठन पाठन गरिने भएको कारण पनि यो गुम्बाको विशेष महत्व छ । अहिले पनि गुम्बामा ७० जना भन्दा बढी आनीहरु छन् । गुम्बाको नेतृत्व घेसे श्री साङ्गे लामाले गरिरहनु भएको छ । 

२०७२ सालको भुकम्पले गुम्बाको पुरानो संरचना ध्यवस्त भयो । त्यस पुरातत्व विभाग, विभिन्न संघसंस्था एवं स्थानीयको जनसहभागीतामा गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । गुम्वा व्यवस्थापनको मुख्य भुमिका घेसे श्री लोप्साङ ग्याल्छेनले गर्नुभएको छ । 

२५ सय २५ मिटरको उचाइमा भए पनि गुम्बा दक्षिणी फर्किएको कारण धेरै चिसो छैन । अन्य भुभागभन्दा गुम्बा भएको क्षेत्र न्यायाने भएको नेपाल शेर्पा संघ वाग्मती प्रदेश सचिव दावासङ्बु शेर्पा बताउनुहुन्छ । 

स्थानीय पासाङ शेर्पाका अनुसार गुम्बामा दर्शन र भ्रमणको लागि आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । गुम्बामा दर्शन र भ्रमणको लागि आउनेको लागि खान र बस्नको लागि गुम्बाले नै राम्रो गेष्टहाउस व्यवस्था गरेको छ । 

गुम्बासँगै आसपासका गन्तव्य ठिन्साङ लेक, देउढुंगा, कालिञ्चोक, सातसय पल्टन, थोपो डाँडापनि त्यतिकै रामाइला छन् । सो गुम्बासँगै चिलंखा तेन्छ्युप मण्डप गुम्बा पनि सो क्षत्र भ्रमणको लागि जानेका लागि आकर्षक गन्तव्य बनेको छ । ती क्षेत्रको थप प्रचार गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिने पासाङ बताउनुहुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार