मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

राहत दिनुपर्ने सरकार मैदान छोडेर भाग्यो : एमाले महासचिव पोखरेल

Ujyalosandeshonline 335+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, जनतालाई राहत र उद्धारको आवश्यकता भएको अवस्थामा सरकार मैदानबाट भागेको बताएका छन् ।

जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले राज्य सुरुको समयमा हेलिकप्टरमा सवार देखिएपनि आवश्यकताको समयमा मैदान छोडेर भागेको टिप्पणी गरे ।

उनले एक दुई वटा होईन, एक दर्जन राजनीतिक दलहरुले नेतृत्व गरिरहेको सरकार नागरिहरुको रक्षाको प्रश्नमा बेखबर र उदासीन देखिएको टिप्पणी गरे ।

उनले भने, ‘सरकार सुरुका दिनमा हेलिकप्टरमा सवार त देखियो, तर जतिबेला जनतालाई राहत र उद्धारको आवश्यकता छ । त्यती बेला सरकार मैदानबाट भागेको अवस्था छ । राज्यसँग सामथ्र्य नभएको होईन् । जुन राज्यभित्र छोटो समयभित्र हामी जनतालाई संरक्षण गर्ने कामको नेतृत्व गरेका थियौ, आज त्यही राज्यको नेतृत्व गर्नेहरु एउटा होईन, दुई वटा होईन, एक दर्जन राजनीतिक दलहरुले नेतृत्व गरिरहेको सरकार नागरिहरुको रक्षाको प्रश्नमा यति बेखबर र उदासीन छ ।’

उनले जनताको घाउमा औषधी लगाउँनका लागि नेकपा एमालेले एक हजारभन्दा बढि स्वंम सेवकहरुलाई सबै प्रकारको व्यवस्था मिलाएर पठाएको दाबी गरे ।

यस्तै, उनले नेपाली समाजमा निराशा र अराजकताबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थाको सुधार गर्नको लागि एमालेको विकल्प नभएको बताए ।

आज जनतामा जुन प्रकारको निराशा छ यो निराशा स्वभाविक रुपमा चिन्ताको विषय हो, नेपाली समाज चरम अराजकताबाट गुज्रिरहेको छ । अराजकताले नेपाली समाज गाँजिरहेको छ, नेपाली समाजलाई कमजोर बनाउँने प्रयास भईरहेका छन् ।’ उनले भने ‘हामीले ल्याएको परिवर्तनको जिम्मा अरुलाई दिन सक्दैनौ, यो परिवर्तन हामीले ल्याएको हो र यसको रक्षाको लागि नेकपा एमाले सधैँ तत्पर छ । नेपालमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ र त्यसको रुपमा नेकपा एमालेलाई सुदृढ गर्दै बलियो राष्ट्रिय शक्तिको रुपमा निमार्ण गर्न चहान्छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार