मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

अष्ट्रेलियालाई विश्वकप २०२३ को उपाधि

Ujyalosandeshonline 335+ समाचार ( )
३ मंगशिर २०८०, आइतबार

काठमाडौं । ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को उपाधि छैटौं पटक जितेको छ ।

फाइनलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि चुमेको हो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

यसअघि सन्  १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधी जित्ने सपना पुन अधुरै रह्यो ।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे । टोलिलाई दुई रन चाहिदा हेड आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ रन जोडे ।

त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।

भारतका लागी विकेटकिपर केएल राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए ।  विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए भने ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । भारतले लिगमा सबै खेल जितेको थियो । लिगमा अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार