मुख्य समाचार
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ | मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न | ‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’ | साइबर अपराधमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश | सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव | एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई | तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक | स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता | सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता | टस जितेर ब्याटिङ गर्दै विराटनगर |
मुख्य समाचार
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ | मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न | ‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’ | साइबर अपराधमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश | सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव | एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई | तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक | स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता | सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता | टस जितेर ब्याटिङ गर्दै विराटनगर |


‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’

Ujyalosandeshonline 4968+ समाचार ( )
१५ पौष २०८०, आइतबार

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले लघुवित्तीय संस्थाहरुबाट ऋण लिएर नतिर्ने उदेश्यले बनाइएका संघर्ष समितिहरु आफ्ना लागि चुनौति बनेको बताएका छन् । 

लघुवित्तीय संस्थाहरुले पछिल्लो समय भोग्दै आएको समस्या, पछिल्लो समय सहकारीको अवस्थाबारे छोटो कुराकानी गर्दै उनले नेपालमा संस्थाहरुबाट ऋण लिएपछि तिर्न पर्दैन भन्ने प्रवृति बढेकाले चुनौति थपिएको बताए । 

  १.लघुवित्तीय संस्थाहरुका मुख्य समस्या के हो ? 

तपाईं हामीले बुझिरहेकै कुरा हो, ऋण लिएपछि तिर्नु पर्दैन भन्ने प्रवृत्ति नै अहिलेको मुख्य समस्या हो । हाम्रो मात्रै एउटा यस्तो देश हो, जहाँ पैसा लिएर तिर्न पर्दैन भन्ने मान्यता छ । मलाई अचम्म लाग्छ । अहिले त अलि साम्य पनि भैसकेको छ । ऋण लिएर तिर्न पर्दैन भनेर आन्दोलनहरु पनि भैरहेका छन् । अहिले तितरवितर भएको जस्तो देखिन्छ । मान्छेले बुझ्दै पनि गैरहेका छन् । मुख्य समस्या भनेकै मान्छेले संस्थाहरुबाट पैसा कर्जा लिइसकेपछि तिर्न पर्दैन कि भन्ने हो । प्रकृयागत रुपमा लिएको कर्जा नउठ्दा कर्मचारीले भोग्नुपरेको समस्या नै हाम्रा लागि मुख्य समस्या बनेको छ । 

२. पछिल्लो समय धेरै संख्यामा वित्तीय संस्थाहरु मर्जर हुन थालेका छन् । मर्जर प्रणालीले लघुवित्तीय संस्थामा कस्तो प्रभाव पार्छ ?  

राष्ट्र बैंकले पनि संस्थाहरुमा पूँजीको आधारमा मर्ज गराउन खोजेको हो । यसले संस्थागत सुशासन, पूँजीको वृद्धि, फाइनान्सिङ डुब्लिकेसन जुन छ, त्यसलाई घटाउनको लागि मर्जरकोे नीति लिएको हो । विभिन्न संस्थाहरु मर्ज भएका पनि छन् । हामी मर्जर मर्जर भन्छौं तर मर्ज हुने संस्थाहरुको डाटा र कम्पनी ठूलो भएपनि मर्जरको जुन मर्म छ त्यो अहिलेसम्म पूरा भएको चाँिह छैन । संस्थाहरु मर्ज भएपनि स्टाफहरुका बीचमा भावनात्मक रुपमा संलग्न भएको देखिँदैन । 

३. दुई वित्तीय संस्थाहरु मर्जर भैसकेपछि ठूलोले सानोलाई हेप्ने गर्छन् भनिन्छ नि ? यसमा तपाईंको धारणा के छ ?  

यो सामान्य कुरा हो । ठूला माछाले साना माछालाई खान्छ भने जस्तै जुनसुकै ठाउँमा पनि कर्मचारीमा मनोवैज्ञानिक रुपमै म ठूलो हुँ, तँ सानो होस् भन्ने अहम् देखिन्छ । त्यो भनेको ठूलाले सानालाई हेपेको हो । विस्तारै यो समस्या पनि समाधान हुन्छ । एक त मनोवैज्ञानिक रुपमा आफैंले म सानो हुँ भनेर हेपिएको हो । दिएको काम बराबर गर्यो भने कसैले कसैलाई हेप्नुपर्छ जस्तो मलाई त लाग्दैन । 

४. लघुवित्तकर्मीका लागि राज्य र राष्ट्र बैंकले के गरिदिने हो भने परिस्थिति सहज बन्छ भन्ने तपाईंलाई लाग्छ ? 

राष्ट्र बैंकले यही नै ठ्याक्कै गरिदिए हुन्थ्यो भन्ने पनि छैन । हामीलाई किनभने जति गरे नपुग्ने छ । अहिले मंसिर २२ गते जुन कर्जा पुनर्तालिकीकरण ल्याएको छ, जसले केही समस्यालाई सम्वोधन गरेको पनि छ, जुन स्वागतयोग्य छ । 

राज्यले सिधै लघुवित्तलाई केही गर्न क्छ जस्तो लाग्दैन । मुख्य समस्या भनेको कोष स्थापनाको हो । जुन बैंकबाट ऋण लिन्छौं, त्यसलाई व्यवस्थित गर्न राज्यले दुई, तीन प्रतिशत व्याजमा गरिदिएर कोषको स्थापना गर्दिने हो भने त्यसको सकारात्मक प्रभाव सिधै ऋणीलाई पनि हुन जान्छ । राज्यले मुख्य गरी कोषकै व्यवस्था गर्दिनुपर्छ ।

५. सहकारीका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेका थुप्रै घटनाहरु भएका छन् । बचतकर्ताले कुनै पनि सहकारीलाई अहिले पत्याउने अवस्था नै छैन, यसमा दोष कस्को ? 

सहकारी भनेको स्वनियमनमा चल्ने संस्था हुन् । त्यो भन्ने वित्तिकै मैले आफैंलाई नियमन गर्ने हो । बचतकर्ता पनि बढी प्रलोभनमा परिराख्नुभएको छ । सहकारी पनि हर्ताकर्ता राजनीतिकर्मीकै धेरै छन् । त्यसले गर्दा बचतकर्तालाई प्रलोभनमा पारेर धेरैको विचल्लि बनाइएको छ । हाम्रो कानून पनि यस्तो फितलो छकि पैसा खाएपछि समात्ने निकाय पनि मौन जस्तै स्थिति देखिएको छ । 

६. सहकारी तथा लघुवित्तीय संस्थामा स्रोत नखुलेका रकम जम्मा गरिन्छ भन्ने जनमानसमा धारणा बनेको छ, यो कत्तिको जायज हो ? 

राष्ट्र बैंकमा १० लाख भन्दा बढी रकम जम्मा गर्दा बकाइदा परिचय पत्र माग्छ । अहिलेत १ लाख जम्मा गर्नेको पनि परिचय पत्र मागिरहेको छ । शहकारीमा स्रोत नखुलेको पैसा आउन चाँही आउँछ नै म प्रमाण दिन त सक्दिन । हामीले पनि सुनेकौ हो कुरा । तर, कारोबार गर्न सहज हने भएकै कारण मान्छेले सहकारीमा पैसा राख्ने हो । तपाईंले राखेको कुरा अलिअलि ठिक हो जस्तो लाग्छ । 

७. लघुवित्तलाई पनि मिटरव्याजी साहु हो भनिन्छ नि  ? 

यसमा कस्तो मान्छेले यो कुरा भन्यो भन्ने कुरा महत्वपूर्ण हो । लघुवित्त भनेको त वित्तीय पहुँच नै हो भन्छु म । गाउँगाउँसम्म पुगेर मान्छेलाई कर्मसियल बैंकले कर्जा दिदैन, त्यो दिने भनेको लघुवित्तीय संस्थाले नै हो । अब गाउँमा साहुमहाजनले नै कर्जा लगानी गरेका छन् । उनीहरुले विरुद्धमा केही त बोल्न पर्यो । लघुवित्त मिटरव्याजी साहु हो भन्ने कुरा नबुझ्ने मान्छेको मानसिकताको उपज हो भन्छु म चाहिँ । राम्रो सँग नबुझ्नेले आरोप लगाउनका लागि भनेको कुरा हो यो । हामी तपाईंले भने जस्तो मिटरव्याजी साहु महाजन कुनै हिसावले होइनौं । एकदम गलत कुरा हो यो ।

हाम्रो सबै कुरा पारदर्शी छ, हिसाब नै गरेर सिस्टममा हेर्न मजाले सकिन्छ त । हिसाब चाँही नगर्ने अनि चिया पसलमा कसैले गएर बोल्ने गरेको आधारमा कहाँ गलत भइन्छ त हामी ?

 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार