कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान

Ujyalosandeshonline 1667+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्सको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी त्यसतर्फ प्रस्थान गरेका छन् ।  

यूएईको दुबईमा बिहीबारदेखि सुरु हुने कोप–२८ का लागि नेपाली  प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ लागेका हुन् । 

आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ । कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले अति कमविकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायुजन्य न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ । 

कोप–२८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ । 

प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोसँगै सरकारी अधिकारीहरु छन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार