जलवायु परिवर्तनले नेपाल डरलाग्दो स्थितितर्फ : प्रधानमन्त्री प्रचण्ड

Ujyalosandeshonline 2372+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाल अहिले जलवायु परिवर्तनले डरलाग्दो स्थितितिर गइरहेको बताएका छन् । 

माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै उनले अहिले जलवायु परिवर्तनले डरलाग्दो स्थिति आएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण जरुरी रहेको बताए । विश्व परिवेशका प्रतिकूलताबीच पनि नेपालले आफ्नो भनाइ राख्न कूटनीतिक पहल गरिरहेको र त्यसले सफलता पनि पाइरहेको दाबी उनले गरे । 

इजरायलमा हमासको आन्दोलनका बीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउनुलाई कूटनीतिक सफलताका रुपमा लिनुपर्ने उनले बताए । गुटेरेसले गत कात्तिक दोस्रो  साता नेपालको चारदिने भ्रमण गरेका थिए । 

राष्ट्रसंघका महासचिवले पनि जलवायु परिवर्तनको असरबारे बोलेकाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाउन सहज भएको भनाइ प्रधानमन्त्री दाहालको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणबारेको अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ मा भाग लिन दाहाल आगामी बुधबार दुबई जाँदैछन् । सम्मेलनका सहभागीको ध्यानाकर्षणका लाग िनेपालले आफ्ना मुद्दा राख्ने तयारी गरिरहेको उनले बताए । 

उनले भने ‘नेपाल अहिले जलवायु परिवर्तनले डरलाग्दो स्थितितिर जाँदै छ ।’ यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण जरुरी रहेको उनले बताए । 

अर्को प्रसंगमा उनले डिजिटल प्रविधिका माध्यमबाट हुने तीव्र काममा परम्पराले प्रतिस्पर्धा गर्न सक्ने स्थिति नभएको टिप्पणी गरे । ‘सामाजिक सञ्जालको प्रयोगबाट र डिजिटल माध्यमबाट हुने कामको गति यति तीव्र छ कि त्यसमा परम्पराले प्रतिस्पर्धा गर्न सक्ने स्थिति नै छैन,’ उनले भने । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार