मुख्य समाचार
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड | गुल्मी अर्खलेकी पाण्डेको परिवारलाई मृत्यु दाबि भुक्तानी | बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा | संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज | लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भब्य रुपमा मनाउने | नेपाल युथ समिटको तयारी अन्तिम चरणमा, ख्यातीप्राप्त व्यक्तिहरु सहभागी हुने | प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा | जनतालाई समान अवसर प्रदान गरेमात्र बीपीको सपना साकार हुन्छ : डा.संग्रौला | नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य | संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना : राजेन्द्र लिङ्देन |
मुख्य समाचार
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड | गुल्मी अर्खलेकी पाण्डेको परिवारलाई मृत्यु दाबि भुक्तानी | बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा | संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज | लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भब्य रुपमा मनाउने | नेपाल युथ समिटको तयारी अन्तिम चरणमा, ख्यातीप्राप्त व्यक्तिहरु सहभागी हुने | प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा | जनतालाई समान अवसर प्रदान गरेमात्र बीपीको सपना साकार हुन्छ : डा.संग्रौला | नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य | संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना : राजेन्द्र लिङ्देन |


युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न लुम्बिनीबाट महासचिवको आव्हान

राधेश्याम विश्वकर्मा 34+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

भैरहवा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी भ्रमण गरेका छन् । भ्रमणको क्रममाउनले मायादेवी मन्दिर, अशोक स्तम्भ, विश्व शान्ती द्विप लगायतको अवलोकन गरेका छन् । सोही क्रममा उनले पवित्र उद्यानमा वृक्षारोपण समेत गरे । उनि संगै प्रधानमन्त्री पुष्पकमल दहाल, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी, संस्कृति, पर्यटन एवम नागरिक उड्डयन मन्त्री सुदन किराती लगायतको उपस्थिति रहेको थियो । भ्रमणमा महासचिव गुटेरेस संगै प्रधानमन्त्री दहालले पनि सम्बोधन गरेका थिए । 

महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए । उनले लुम्बिनी शान्ति र अहिंसाको क्षेत्र भएको भन्दै लुम्बिनीबाट युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरे । मंगलबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका महासचिव गुटेरेसले अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरुमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकाले शान्ति स्थापनाका लागि लाग्न उनले आह्वान गरेका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरबाट सम्बोधन गर्दै उनले युद्धग्रस्त मुलुकहरुलाई शान्तिको मार्गमा लाग्न आग्रह गरे । उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको जनाए । महासचिव गुटेरेसले भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाउँदा आफू अत्यन्त खुसी भएको बताए ।

 

यस्तै, महासचिव गुटेरेसले विकासोन्मुख मुलुकहरुले पछिल्लो समय जलवायुमा देखिएको परिवर्तनको प्रभाव भोग्न बाध्य भएको बताए । जलवायु परिवर्तनमा विकसित राष्ट्रहरुले प्रभाव पारिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्न सबै मुलुक लाग्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव गुटेरेसलाई स्वागत गर्दै लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र रहेको र यसले मानव जातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा प्रेरणा र मार्गदर्शन गरिरहने जनाए । संयुक्त राष्ट्रसंघ लामो समयदेखि नै लुम्बिनीको विकाससँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको, विश्वव्यापी मञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई मान्यता दिएको बताए । प्रधानमन्त्री प्रचण्डले महासचिवको लुम्बिनी भ्रमणबाट विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह गरेको भन्दै विश्वव्यापी महत्वको ऐतिहासिक स्थलको भ्रमणको लागि धन्यवाद व्यक्त गरे ।


प्रधानमन्त्री दाहालले शान्ति र सद्भावको तीर्थस्थलको प्रमुख केन्द्रमा रहेको लुम्बिनीको विकासको लागि हालसम्म भएका सहयोगप्रति धन्यवाद दिँदै लुम्बिनीलाई विश्व शान्ति र समझदारीको केन्द्रको रुपमा विकास गर्न संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायको अझै पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । उनले राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको भ्रमणपछि जापानी वास्तुकार केन्जो टांगेद्वारा लुम्बिनी गुरुयोजना तयार गरी सोही अनुरुप काम भइरहेको जनाए । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएर र त्यहाँबाट हेलिकोप्टरमा बिहान साढे १० बजे लुम्बिनीम ओर्लिएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री दाहाल, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, उपाध्यक्ष डा.ल्याहरक्याल लामासहित उच्च सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । त्यसपछि शान्तिदीप हुँदै मायादेवी मन्दिर गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले शान्तिदीपदेखि मायादेवी मन्दिर अगाडिसम्म बसेर स्वागत गरेका थिए । 

मायादेवी मन्दिर पुग्नु अघि महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालले संयुक्तरुपमा सालको विरुवा वृक्षारोपण गरेका थिए । त्यसपछि गुटेरेस र प्रधानमन्त्री दाहालले मायादेवी मन्दिर र अशोक स्तम्भमा पुष्प अर्पण गरेका थिए । उनीहरुले बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण गर्नुका साथै लुम्बिनीबारे कोषका तर्फबाट जानकारी गराइएको थियो । कोषका तर्फबाट बुद्धमूर्ति मायाको चिनो प्रदान गरिएको थियो भने अतिथि पुस्तकमा महासचिव गुटेरेसले सन्देश लेखेर हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार