मुख्य समाचार
संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने | सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) |

सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको छ : एमाले अध्यक्ष ओली

Ujyalosandeshonline 335+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । 

शनिबार पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै ओलीले सरकार विकास निर्माण र जनचासोका विषयलाई सम्बोधन गर्ने भन्दापनि गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाएका हुन् । 

‘यस सरकारलाई विकासतर्फ रुचि छैन् । गुन्डाहरुलाई प्रोत्साहन गर्छ । अपराधीहरुलाई छुट्कारा गर्छ । जिल्ला अदालतले जन्मकैद गर्छ । तर सरकार भन्छ थुन्नै हुन्न । ज्यान मारिएको मुद्दा दिन जाँदा सरकार लिँदैन । ’ उनले भने ‘सरकार आफै पनि लज्जित भएर, प्रहरीको गतिबिधि देखेर लज्जित हुनुपर्ने देखेर प्रहरी अधिकृत सार्नुपर्ने अवस्था आउँछ । प्रहरी कार्यालय र सरकारी कार्यलयबाट मुद्दा बिगारेर अदालत लगिन्छ । अराजकता मच्चाउन पाउने, न्याय माग्न नपाउने ।’

अर्को प्रसंगमा उनले, सरकारले जाजरकोट भूकम्पपीडितको उद्दारमा भन्दा आफ्नो पार्टीको प्रचारमा ध्यान दिएको आरोपसमेत लगाए । 

‘जाजरकोटमा भूकम्प गयो माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गएका होलान भन्ने सोचेको थिँए जाजरकोट तर माओवादी अध्यक्ष गएका रहेछन् । माओवादीका मन्त्री । माओवादीको सांसद र माओवादीका नेता खाँदेर हेलिकप्टेरमा गए । अर्को दिन गृह मन्त्री गए । गृह मन्त्री गए भनेको उ पनि माओवादीको उपाध्यक्ष गए । राष्ट्रपति गए त्यो पनि त्यस्तै ।’ उनले भने ‘किन गए ? राष्ट्रपति किन गएको ?त्यो भन्दा अगाडि आईसकेको नेताहरुको भिडले नेताको चाकडीमा सेना प्रहरी खट्नुपर्दा उद्दार कार्य गर्न पाईएन भनेर । अनि माओवादी गए भनेर त्यहाँ कांग्रेस किन जानुप¥यो ? राष्ट्रपति ज्यु ? उहाँ राष्ट्रपति भएर होईन कांग्रेस छुट्यो भनेर जानुभयो।’ 

त्यस्तै उनले सरकार संविधान सिध्याउने खेलमा लागेको आरोपसमेत लगाए । ‘एकवर्ष पुग्नुभन्दा पहिले नै उहाँले आफ्ना क्रियाकलापहरु देखाईसक्नु भयो । अलोकतान्त्रिक पक्षपातपूर्ण ।’ उनले भने ‘उहाँलाई संविधानको मतलब छैन । सुरुदेखि नै संविधान अनुसार सरकारदेखि राष्ट्रपति प्रधानमन्त्री र राज्यका निकायहरु चल्नुपर्ने तर संविधान सिध्याउने तिर मात्रै उहाँहरुको ध्यान गएको छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार