मुख्य समाचार
सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम | कोप २८ मा भाग लिन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान | दोस्रो एनटीए लिग आजदेखि हुदै | एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’आजदेखि | छैठौं लुम्बिनी प्रादेशिक महोत्सव भैरहवामा कुस्ती प्रतियोगिता सुरु | हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक | १६ औं योजनामा सामाजिक न्याय र लैंगिक समानतालाई प्राथमिकतामा राख्न चासो | खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक | रामेछापको गुम्देलबाट देखिएको नुम्बुर हिमाल (फोटो फिचर) | विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने |

लक्ष्मीपूजाको साँझ जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन

Ujyalosandeshonline 334+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार
जनकपुर । लक्ष्मी पूजाको अवसरमा आईतबार हिजोजनकपुरधामको जानकी मन्दिरमा ३५हजार दीप प्रज्ज्वलन गरिएकोछ । दीपावलीको उपलक्ष्यमा ३५हजार दीप प्रज्ज्वलन गरिएको जानकीमन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए । उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दीपप्रज्वलन गर्ने पनि जानकारी दिए । साँझ जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरुले भव्यताकासाथ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गरेका छन् ।
यस्तो छ जानकी मन्दिरको इतिहास 
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको योमन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाईमुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाईकलाको उत्कृष्ट नमुना मानिन्छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरविश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रियरहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य रआकर्षक छ ।  
भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकालेयसलाई नौलखा मन्दिर पनि भनिन्छ, सन् १८९४ मा शिलान्यासभई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिरमिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।
मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायःसम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । रामजन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसकाउदाहरण हुन् । प्रत्येक महिनाका पूर्णिमामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताकोधरोहरको रूपमा रहेको छ जानकीधाम ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार