धर्मेन्द्र झाको मैथिली कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित

Ujyalosandeshonline 2372+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । वरिष्ठ पत्रकार धर्मेन्द्र झाको मैथिली कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित भएको छ । झा साहित्यक क्षेत्रमा भने धर्मेन्द्र विह्वल नामले चिनिन्छन् । यो उनको छैठौँ कविता कृति हो । 

मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो । उनले यो कृतिमा एकै शीर्षक ‘शहर’मा ५१ वटा कविता अँटाएका छन् । 

यसबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन् । मिथिला नाट्यकला परिषद्ले प्रकाशन गरेको यो कविता संग्रह ‘शहरक भीड़मे एसगर हम’मा आवरणसहित सबै चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एससी सुमनले बनाएका छन् । विह्वलको शब्द र सुमनको चित्रको ‘फ्युजन’ले संग्रहलाइ विशेष बनाएको छ । 

यसअघि विह्वलका ‘रस्ता तकैत जिनगी’ (२०५१), ‘एक सृष्टि एक कविता’ (२०५६), ‘एक समयक बात’ (२०६३), ‘धुवाँएल आकृतिसभ’ (२०६३) र ‘व्योमक ओहि पार’ (२०७८) मैथिली कवितासंग्रह प्रकाशित छन् ।

कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार