मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

त्रिवि उपकुलपतिको राजीनामाबारे गम्भीर अनुसन्धान गर्न नेविसंघको माग

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको आकस्मिक राजीनामाप्रति गम्भीर शंका व्यक्त गर्दै यसको छानबिन गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेविसंघले समसामयिक शैक्षिक तथा संगठनात्मक विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै उपकुलपतिको राजीनामाले त्रिविसँगै समग्र उच्च शिक्षामा संकट देखिएको जनाएको हो ।

संघका अध्यक्ष दुजाङ शेर्पाले उपकुलपति बरालले चार वर्षे कार्यकाल पूरा नगरी पदत्याग गर्नुमा राजनीतिक हस्तक्षेप, प्रशासनिक अराजकता र आन्तरिक दबाबको संकेत रहेको उल्लेख गर्दै भने, ‘यदि यस्ता कारणले उपकुलपतिले राजीनामा दिएका हुन् भने यो केवल त्रिविमात्र होइन, सम्पूर्ण उच्च शिक्षा क्षेत्रका लागि गम्भीर संकट हो ।’

उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने वर्तमान संरचना तत्काल पुनर्विचार गर्नुपर्ने बताउँदै योग्यता र निष्पक्षतामा आधारित प्रणालीमार्फत उपकुलपति नियुक्तिको व्यवस्था गरिनु पर्नेमा जोड दिए । साथै, विश्वविद्यालयमा बढ्दो राजनीतिक भागबण्डा अन्त्य गर्न र शैक्षिक स्वायत्तता सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।

हाल त्रिवि, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा सम्पन्न स्ववियु निर्वाचन, शिक्षा ऐन कार्यान्वयनको मागसहित जारी शिक्षक महासंघको देशव्यापी शैक्षिक हड्ताल र यिनै सन्दर्भमा उपकुलपतिले पदबाट दिएको राजीनामा लगायत विषयमा नेविसंघले गहिरो चासो व्यक्त गरेको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले शिक्षकहरू फेरि सडक आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले संविधानले प्रत्याभूत गरेको मौलिक हकअनुसार माध्यमिक तहसम्मको शिक्षा गुणस्तरीय, प्रविधिमैत्री, वैज्ञानिक र निःशुल्क बनाउने सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे। संघले विद्यालय शिक्षामा संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमार्फत वार्षिक बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग पनि दोहो¥याएको छ ।

यस्तै, शेर्पाले नेविसंघको १२औं महाधिवेशन आगामी तीन महिनाभित्र सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। प्रारम्भिक चरणका रूपमा ७७ जिल्ला र २१ स्ववियु सदस्य निर्वाचित आंगिक क्याम्पसहरूमा सदस्यता वितरण कार्य तीव्र गतिमा भइरहेको छ । उक्त कार्यको प्रभावकारी व्यवस्थापनका लागि केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिनुका साथै जिल्ला कार्यसमितिलाई आवश्यक समन्वय तथा सहजीकरणको जिम्मेवारी दिइएको जनाइएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी संघले महाधिवेशन सम्पन्न गर्न आवश्यक प्रारम्भिक कार्यहरू पूरा गरिसकेको छ। बाँकी रहेका स्ववियु निर्वाचनपछि महाधिवेशन प्रक्रिया छिट्टै अघि बढाइनेछ र सो सम्बन्धी प्रस्तावित कार्यतालिका नेपाली कांग्रेसमा प्रतिवेदनसहित पेश गरिसकिएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार