कक्षा २ का बिद्यार्थी “क्रिकेटर अफसर”

राधेश्याम विश्वकर्मा 19+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

भैरहवा । मंसिर १६ गते देखि २३ गते सम्म भैरहवामा सञ्चालन भएको “प्रेम बहादुर सेन्चुरी स्मृति बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिता” मा अफसर सबैको प्रिय भए ।  । प्रतियोगिता भरि उत्कृष्ट बलिङ गरेका अफसर स्थानिय सिद्धार्थ क्रिकेट रङ्गशालाको हिरोको रुपमा रहे । 

बलिङ, फिल्डिङमा उस्तै फूर्तिलो, विकेट लिदा उनको जोश हेर्न लायक हुन्थ्यो । फिल्डको सबै क्षेत्रमा अफसरले फिल्डिङ गर्न भ्याए । स्लिप, बाउण्ड्री, गली जता फिल्डिङ गरे पनि बलले उनलाई छल्न सकेन । प्रतियोगितामा उनकै टिमले ट्रफि उचाल्यो, जहा उनको योगदान महत्वपूर्ण रह्यो । 

प्रतियोगितामा सबै भन्दा कान्छो खेलाडीको रुपमा रहेका उनले सबैको ध्यान आकृष्ट गरेका थिए । उनको उमेर १० बर्ष मात्र रहेको छ । लुम्बिनी नजिकै रहेको लुम्बिनी शिक्षा निकेतनमा उनि २ कक्षामा अध्ययन गर्छन् । बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा उनले ४ वटा खेल खेले । 

पहिलो खेलमा ३ ओभर बलिङ गरेका दाँया हातका स्पिन बलर अफसरले २२ रन खर्चेर कुनै विकेट लिन सकेनन् । तर त्यस पछिका प्रत्येक खेलमा आफ्नो टिमको लागि उनको प्रर्दशन उत्कृष्ट रह्यो । दोश्रो खेलमा २ ओभर बलिङ गरेर १२ रन खर्चिदै १ विकेट लिए । तेश्रो खेलमा ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका अफसरको टिम फाईनलको यात्रा तय गरेको थियो । शनिबार सम्पन्न भएको फाईनल खेलमा पनि अफसरले ४ ओभरमा २२ रन दिदै २ विकेट लिन सफल भए  । 

ठूलो भएर पनि उनि क्रिकेट खेलाडी नै बन्ने ईच्छा राख्दछन् । “गाउँमा साथीहरुसंग टेनिस बलले क्रिकेट खेलिरहेको थिए ।” उनले भने “३–४ दिनको अभ्यास गरि ड्युज बलले यहा खेलेको छु, अब खेललाई निरन्तरता दिन्छु ।” 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलहा बस्ने अफसरको बुवा गुफरान अहमद बैदेशिक रोजगारीको सिलसिलामा कतर छन् । आमा नाजमा साधारण गृहिणी । ३ दाजुभाई मध्ये माईला छोराको रुपमा रहेको अफसरको क्रिकेट भविष्य उज्वल रहेको क्रिकेटका जानकारहरु बताउछन् । 

क्रिकेट प्रेमी समेत रहेका स्थानिय आशा गुरुङ उनको खेलबाट साह््रै प्रभावित भएको बताउछन् । “रुपन्देही प्राकृतिक रुपमै क्रिकेटका खेलाडीहरुको लागि उर्बर भूमि हो, यस्ता प्रतिभावान खेलाडी त यहा धेरै छन् उनिहरुलाई अवसरको खाँचो छ ।” गुरुङले भने  “मौका र सहि तालीम पाए अफसर धेरै अगाडी जान सक्छन् ।”

गुरुङले यस्ता खेलाडीको लागि बिद्यालय संगै रुपन्देही क्रिकेट संघले पनि ध्यान दिनुपर्ने बताउछन् । रुपन्देहीबाट नै शक्ति गौचन, बसन्त रेग्मी देखि कुशल भुर्तेल, आकाश त्रिपाठी जस्ता राष्ट्रिय टोलीमा योगदान दिने दर्जन बढी क्रिकेटर निस्केका छन् । मौका पाए सानै उमेरका अफसर पनि उनिहरु जस्तै बन्न सक्ने गुरुङको भनाई छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार