मुख्य समाचार
मर्चवारको श्रीराम माविमा लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न | भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई | घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ | प्रहरी नेतृत्वको 'भर्चुअल' ब्रिफिङ: तस्करी रोक्नेदेखि चुनाव सुरक्षासम्मको निर्देशन | मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल | शान्ति पुनर्स्थापना गृहको कामको सरोकारवालाद्वारा अनुगमन, समन्वय र सचेतनामा जोड | एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो | भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित | सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने | गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल |

रुपन्देहीमा चौबिस लाख बढीको यौन खेलौना प्रहरीको नियन्त्रणमा
एक महिनामै साढे २ करोड बढीको अवैध समान बरामद

Ujyalosandeshonline 9674+ समाचार ( )
मानिस र कारोबारमा संलग्न साधन नै धमाधम कारवाहीको लागि पठाउन थालेपछि तस्करहरुको अहिले जिल्लाबाट भागाभाग नै भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रदिप बहादुर क्षेत्री आफै सादा पोशाकमा बिभिन्न स्थानमा पुग्ने गरेका छन् । यसले यस अघि जिल्लाको मर्चवार, वगहा, धकधई, कालीदह लगायतका क्षेत्रहरुबाट हुदै आएको चोरी निकासी ठप्प प्राय रहेको छ । तस्करहरुको मनोबल खस्किएको छ ।
२९ जेठ २०८२, बुधवार

भैरहवा ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरि ल्याउदै गरेको अवश्थामा २४ लाख ४५ हजार रुपैया बराबरको १ हजार ३ सय ६९ वटा कृत्रिम यौन खेलौना सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक  गणेश सापकोटाका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बाईपासमा चेकजाँचको क्रममा मंगलबार भारतीय ट्रकबाट उक्त परिमाणको यौन खेलौना बरामद गरेको हो । 

भारतीय ट्रक युके १८ सिए २५७५ नम्बरमा उक्त समान रहेको थियो । प्रहरीले अवैध ओसारपसारमा संलग्न चालक भारत उत्तर प्रदेश बिजनौर जिल्ला थाना रामपुर बस्ने ४५ वर्षिय नसिब अहमद र भारत उत्तर प्रदेशकै कन्नौज जिल्ला पूर्वा थाना मंगत खडा बस्ने २६ वर्षिय देवेन्द्र कुमार सिंहलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक सापकोटाले जानकारी दिए । व्यक्ति र समान संगै भारतीय ट्रक थप करवाहीको लागि भैरहवा भन्सार कार्यालय बुझाईएको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी उपरिक्षकको रुपमा प्रदिप बहादुर क्षेत्रीको कमाण्ड रहेको छ । क्षेत्रीको आगमनसंगै रुपन्देहीमा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र ढुवानी गर्ने ब्यक्ति माथि कारवाही चलाउन थाले पछि रुपन्देहीबाट तस्करी धेरै हद सम्म नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार बैशाखको २२ गते देखि जेठको २६ गते सम्म मात्र २ करोड ५२ लाख ९३ हजार १ सय ११ रुपैया बराबरको भन्सार छली तथा चोरी निकासीका समान भन्सार पठाईएको छ । 

सीमापारीबाट हुने तस्करी मात्र नभई प्रहरी जिल्ला भित्र हुने नदीजन्य पदार्थको अवैध कारोबारमा पनि लागेको छ । नदीबाट उत्खनन् गरि तोकीएको स्थानमा नभई अन्यत्र अवश्थामा लैजादै गरेको ९ लाख ९१ हजार ५ सय २६ रुपैया बराबरको नदीजन्य पदार्थ पनि प्रहरीले निण्न्त्रणमा लिई जरिवाना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले बताए । यस क्रममा ९ वटा ट्रयाक्टर, ८ वटा जेसीबी, टिप्पर र हाईवा ९ वटा गरि २६ वटा मालवाहक साधनलाई पनि कारवाही गरिएको उनको भनाई छ । 

बैशाख २२ गते देखि जेठको २६ गते सम्म प्रहरीले अवैध ओसारपसारमा संलग्न भएको पिकअप ३ वटा, मोटरसाईकल १० वटा र कारोबारमा संलग्न ८ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कारवाहीको लागि पठाएको छ ।

मानिस र कारोबारमा संलग्न साधन नै धमाधम कारवाहीको लागि पठाउन थालेपछि तस्करहरुको अहिले जिल्लाबाट भागाभाग नै भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रदिप बहादुर क्षेत्री आफै सादा पोशाकमा बिभिन्न स्थानमा पुग्ने गरेका छन् । यसले यस अघि जिल्लाको मर्चवार, वगहा, धकधई, कालीदह लगायतका क्षेत्रहरुबाट हुदै आएको चोरी निकासी ठप्प प्राय रहेको छ । तस्करहरुको मनोबल खस्किएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रदिप बहादुर क्षेत्री यस अघि रुपन्देहीमा प्रहरी प्रहरी निरिक्षकको रुपमा काम गरिसकेका छन् । यसले पनि उनलाई जिल्लाको धेरै स्थानहरुको बारेमा जानकारी छ । प्रहरी संगठनमा अब्बल मानिएका क्षेत्री नेपाल प्रहरीको कार्यदक्षता मूल्यांकनमा राम्रो व्यवस्थापन र कार्यबाट सम्मानित भएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदान गर्ने अख्तियार सेवा पुरस्कार समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Baidya nath Ray rajput ३० जेठ २०८२, बिहीबार

Good 👍

Santram Gupta २९ जेठ २०८२, बुधवार

Suddhodhan 2 Kha Bangai ma Pani ek xoti aaunu sir cini KO taskar badi hunxa

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार