मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

एमडीएमएस खरिदमा प्राधिकरणका दुई अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 11768+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं । भन्सार छलीबाट भित्रिने मोबाइल सेटहरु निष्क्रिय बनाउने उपकरण मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, तत्कालीन वरिष्ठ निर्देशक आनन्दराज खनालसँगै प्रक्रियामा संलग्न कर्मचारी, आपूर्तिकर्ता कम्पनी र त्यसमा प्रतिनिधिविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले प्राधिकरणका तत्कालीन निर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशकहरु सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, अच्यूतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल र निराजन कोइरालालाई पनि विपक्षी बनाएको छ ।

उनीहरुसँग मुद्दामा एमडीएमएस प्रणाली खरिद गर्दा ठेक्का सम्झौता भएको रकम बराबर ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।  एमडीएमएस प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैयाँ जरिवाना असुल गर्न पनि अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।

प्राधिकरणका पूर्वअध्यक्षहरु झा र खनाललाई विशिष्ट पदमा पुगेर भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै थप सजायको मागदाबी गरिएको छ ।

प्राधिकरणका तत्कालिन अध्यक्ष झाको पालामा सुरु भएको एमडीएमएस प्रणाली खरिद प्रक्रिया उनीपछिका अध्यक्ष खनालको पालामा अघि बढेको थियो । २०७४ मा एमडीएमएस प्रणाली खरिदको योजना अघि बढेर २०७५ असोजमा ठेक्का स्वीकृत भएको थियो । 

आयोगले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरु मलेसियाको न्यूमेरा, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इन्डियाविरुद्ध पनि मुद्दा दायर गरेको छ । न्यूनमेराका अध्यक्ष मोहम्मद नुर अमिन विन मोहम्मद नुर खान, वार्तामा संलग्न मोहम्मद शिहाव विन कुन्ही मोहम्मद, चिफ अपरेसन अफिसर अनुज सिंह, प्रडक्ट स्पेसलिष्ट जमिल अमिदलाई पनि मुद्दामा विपक्षी बनाइएको छ ।

प्रणाली आपूर्तिमा संलग्न कम्पनीहरुको साझेदार नमस्ते ग्लोबल प्रालिका निर्देशक कवीन्द्रराज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार