मुख्य समाचार
रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा | कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी सडक | प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए | रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ | प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान | जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल | लुम्बिनी प्रदेश सभाःथारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो | खोटाङको कालिका भगवती मन्दिर | सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी |
मुख्य समाचार
रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा | कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी सडक | प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए | रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ | प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान | जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल | लुम्बिनी प्रदेश सभाःथारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो | खोटाङको कालिका भगवती मन्दिर | सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी |


रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

Ujyalosandeshonline 11701+ समाचार ( )
२२ असार २०८३, सोमबार

सिद्धार्थनगर (भैरहवा) । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रमसहित कार्यसञ्जाल विस्तार गरी समयसापेक्ष सेवा सञ्चालन गरेको छ । नेपाल सरकारले जारी गरेको १०० बुँदै कार्यक्रम कार्यान्वयन गर्नेक्रममा नेपाल प्रहरीले अघि सारेको सो अवधारणालाई आत्मसात् गर्दै रुपन्देही प्रहरीले सूचना प्रविधिको प्रयोगमा जोड दिई चुस्तदुरुस्त एवं नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले ‘स्मार्ट पुलिसिङ’ को अवधारणाबमोजिम रुपन्देही जिल्लामा ‘क्राइम रेस्पोन्स भेहिकल’ (सिआरभी) र ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ (एसपिसिआर) सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

तुलनात्मक रुपमा जनघनत्व र खुला सीमा बढी भएको रुपन्देही जिल्लामा आपराधिक घटनासहित जोखिमको मात्र पनि बढी हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सूचना प्रविधिमा आधारित भई द्रुत गतिमा सेवा प्रवाह गर्न लागेको उहाँले बताउनुभयो । प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार रुपन्देहीपछि  बाँके, कपिलवस्तु, पश्चिम नवलपरासी, दाङलगायतका जिल्लामा पनि ‘स्मार्ट पुलिसिङ’ विस्तार गरिनेछ । यसैगरी, प्रविधिमा आधारित सेवाले अपराध नियन्त्रणलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउनुका साथै ‘प्रहरी–नागरिक’ सम्बन्धलाई अझ सुदृढ बनाउने र भन्सार छली, चोरी–तस्करी, सडक दुर्घटना र साइबर अपराध न्यूनीकरण तथा नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सूचना प्रविधिको क्षेत्रमा देखिएको विकाससँगै स्मार्ट पुलिसिङको अवधारणाबमोजिम प्रहरी सङ्गठन अघि बढ्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका स्मार्ट पुलिसिङ तथा अपराध अनुसन्धान विज्ञ प्रहरी निरीक्षक उज्ज्वल खड्काका अनुसार रुपन्देहीको मिलनचोक, कालिकानगर, योगीकुटी, मणिग्राम, कोटिहवा, बुद्धचोक, मायादेवी चोक, आँखा अस्पताल चोक, बसन्तपुर चोक र झुलनीपुरमा ‘सिआरभी’ बेस स्थापना गरी स्मार्ट सेवा सञ्चालन गरिने छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा स्थापना गरिने स्मार्ट पुलिस कन्ट्रोल रुम (एसपिसिआर) लाई आधुनिक प्रविधि प्रणालीसँग जोडिने छ । यसबाट प्रहरी टोलीको परिचालन, निगरानी, नियन्त्रण, कमाण्ड, सिसिटिभी अनुगमन, डिजिटल अभिलेखीकरण तथा प्रहरी प्रतिक्रियाको सम्पूर्ण व्यवस्थापन एउटै केन्द्रबाट म चौबीसँै घण्टा सञ्चालन गरिने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले अघि सारेको स्मार्ट पुलिसिङ अवधारणाले साइबर अपराध, सीमापार अपराध, सङ्गठित अपराध, वित्तीय अपराध तथा आधुनिक सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न कृत्रिम बौद्धिकता (एआई), डिजिटल सूचना प्रणाली, डाटा विश्लेषण र अनुसन्धान प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी चन्दका अनुसार सिआरभी र एसपिआर प्रणालीले अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रविधिमैत्री र प्रमाणमा आधारित बनाउने तथा कुनै अपराध, दुर्घटना, विपद् वा आकस्मिक घटनाको सूचना प्राप्त हुनासाथ सबैभन्दा नजिकको प्रहरी टोलीलाई डिजिटल प्रणालीमार्फत तत्काल परिचालन गरिने र घटनास्थलको सुरक्षा, प्रमाण संरक्षण, उद्धार तथा अनुसन्धानलाई एउटै प्रणालीमा जोडिने भएकाले सेवा प्रवाहमा गुणात्मक उपलब्धि हासिल भई प्रहरी र आमजनताबीचको सम्बन्ध अझ विश्वसनीय, सुदृढ र सुमधुर हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार