मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

बाजुराको त्रिवेणीमा डीएसपी बोहराको उपस्थितिमा नागरिक सुनुवाई, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड

Ujyalosandeshonline 12537+ समाचार ( )
८ असार २०८३, सोमबार

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. २ स्थित पार्वती माध्यमिक विद्यालय, सिम्लामा ‘नागरिक सुनुवाई’ तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहमा शान्ति सुरक्षा अमनचयन कायम राख्न, अपराध नियन्त्रण गर्न र सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त एवं प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको प्रमुख आतिथ्यता तथा नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमका क्रममा प्रहरी प्रमुख बोहराले स्थानीय स्तरमा शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराध न्यूनीकरणका चुनौती र प्रहरीले प्रदान गर्ने सेवा प्रवाहका विषयमा सचेतना जगाउनुभएको थियो । उहाँले समाजमा हुने जुनसुकै आपराधिक गतिविधि विरुद्ध नागरिक र प्रहरीले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नागरिक सुनुवाई समेत आयोजना गरिएकाले उपस्थित स्थानीय बासिन्दाहरूले प्रहरी प्रशासनको सेवा प्रवाह, शान्ति सुरक्षाको अवस्था र सुधार गर्नुपर्ने पक्षहरूका बारेमा आफ्ना जिज्ञासा, गुनासा र सुझावहरू प्रत्यक्ष रूपमा राखेका थिए । स्थानीयका प्रश्न र जिज्ञासाहरूलाई सम्बोधन गर्दै डीएसपी बोहराले नागरिकका रचनात्मक सुझावहरूलाई आत्मसाथ गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ बढी जनमुखी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू, सञ्चारकर्मी, स्थानीय व्यापारी तथा सर्वसाधारण नागरिकहरूको सहभागिता रहेको थियो । उपस्थित सरोकारवालाहरूले प्रहरीले गाउँ–गाउँमा पुगेर नागरिकका गुनासा सुन्ने र सचेतना फैलाउने कार्य गरेको भन्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार